मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

जुलोजिकल पार्कको विवाद मिलाउन आग्रह

जुलोजिकल पार्कको विवाद मिलाउन आग्रह


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०७७, आइतबार

पोखरा, २३ कात्तिक– पोखरा लेखनाथको पचभैयामा निर्माणाधीन पोखरा जुलोजिकल पार्कको विवादलाई मिलाएर लैजानुपर्नेमा युनाइटेड क्लबका सल्लाहकारहरुले जोड दिएका छन क्लवका पदाधिकारी र सल्लाहकारहरुको बैठकमा अधिकांश सल्लाहकारहरुले युनाईटेड क्लवको पहलकदमीमा पोखरामा निर्माणाधीन पोखरा जुलोजिकल पार्कमा विवाद आएको र त्यसलाई मिलाएर लैजानका लागि क्लबले पहलकदमी गर्नुपर्ने बताएका हुन । क्लवको पाँचौँ अधिवेशनबाट निर्वाचित नया पदाधिकारी र हालै चयन भएका सल्लाहकारहरुको तेश्रो वैठकमा अधिकांश सल्लाहकारहरुले पोखरा जुलोजिकल पार्कको विवाद मिलाएर जानुपर्नेमा जोड दिएका हुन ।
बैठकमा वोल्दै क्लवका सल्लाहकार सुशीलराज पराजुलीले जुलोजिकल पार्क निर्माणका लागि स्थानीयसँग छलफल गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । अर्का सल्लाहकार श्यामकृष्ण श्रेष्ठले चिडियाखाना क्लवको ड्रीम प्रोजेक्ट भएकाले जस्तोसुकै विवादलाई पनि सुल्झाएर क्लव अगाडी बढ्नुपर्नेमा जोड दिए । सल्लाहकार पवित्रादेवी गुरुङले केही त्रुटिका कारण उक्त काम रोकिएकाले त्यसलाई अगाडी वढाउनका लागि सवै पक्ष मिलेर जानुको विकल्प नरहेको बताइन् ।
सो अवसरमा वोल्दै क्लवका संस्थापक अध्यक्ष तथा सल्लाहकार हिमालय बख्रेलले पोखरा जुलोजिकल पार्कको विवाद समाधानका लागि आफूले पहलकदमी थाल्ने प्रतिविद्धता व्यक्त गरे । सल्लाहकार विश्वप्रकाश लामिछानेले क्लवले हालै पोखराको साहित्यको उद्गम थलो लेखनाथको अर्चलेमा जग्गा किनेकोमा खुसी व्यक्त गरे । अर्का सल्लाहकार प्रेमछिरी शेर्पाले क्लब सिर्जनशील काममा लाग्नुपर्नेमा जोड दिए ।
क्लवका पूर्वअध्यक्ष तथा सल्लाहकार सुकबहादुर गुरुङले क्लवमा रहेका सम्पूर्ण सदस्यहरु जिम्मेवार भएर क्लवको उद्देश्यलाई हासिल गर्नतर्फ लाग्नुपर्ने बताए ।
लिलाधर अधिकारीले क्ल्वले आफनै भवन निर्माणको लागि क्लवले पहलकदमी गर्नुपर्ने वताए । गोविन्द अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ग्रामीण भेगबाट आउने विरामीहरुलाई लक्षित गरी हेल्प डेस्क राख्न सके राम्रो हुने वताए । क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए भने प्रथम उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेका थिए । ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->