मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

कोभिड–१९ को अनुगमन गर्न संसदीय समिति बागलुङमा

कोभिड–१९ को अनुगमन गर्न संसदीय समिति बागलुङमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०७७, आइतबार

बागलुङ, २३ कात्तिक– प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति, कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारवाहीको अनुगमन गर्न गठित उपसमितिले आइतबार बागलुङमा कोभिड–१९ सम्बन्धि क्रियाकलापहरुको अनुगमन गरेको छ ।
जिल्ला संकट व्यवस्थापन समिति, स्थानीय तह र यहाँ रहेको धौलागिरी अस्पताल बागलुङले गरेका काम कारवाहीको विषयमा समितिले अनुगमन गरेको हो ।
प्रदेश नं. १, २ र बागमती प्रदेशको अनुगमन सकेर गण्डकीमा आएको समितिले अन्य प्रदेशको तुलनामा गण्डकीमा कोभिड–१९ बारे भएका काम सन्तोषजनक रहेको जनाएको छ । ‘धौलागिरी अस्पताल प्रवेशमा नै अर्कै आभाष भयो’ उपसमितिका संयोजक, प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले भने ‘यहाँ नीजि र सरकारी अस्पतालको अन्तर तोड्ने गरी काम भएको पाईयो ।’ श्रेष्ठले कोभिडको उपचारका क्रममा नीतिगत निर्णय र कार्यान्वयनको अवस्था खोज्न जिल्ला जिल्लामा आईपुगेको बताए ।
उनले यहाँ रहेका समस्या कोभिड–१९ उपचार तथा रोकथामका लागि आगामी योजनाका विषयमा सरकारलाई आवश्यक सुझावसहितको निर्देशन दिने बताए । अनुगमनका क्रममा धौलागिरी अस्पतालका अध्यक्ष केवी राना मगरले जनशक्ति र पूर्वाधार निर्माणमा भैरहेको ढिलासुस्तीका कारण नतिजा आउनेगरी काम गर्न नसकिएको बताए । उनले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मी पठाउन र उपकरणको व्यवस्थापनमा नीतिगत सुधार गर्नुपर्ने सुझाव राखेका थिए ।
‘एउटा मेसिन किन्न किन्ने प्रक्रिया बुझन छ महिना लाग्छ, यसरी कसरी जनताले स्वास्थ्य सेवा पाउँछन् ?’ उनले भने ‘सक्नुहुन्छ जनताका प्रतिनिधिले यो विधि सुधार गर्न भन्नुस् ।’
अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले आँफुहरुले कोभिड र कोभिड नभएका बिरामी सबैलाई साबधानीका साथ उपचार सेवा दिईरहेको बताए ।
अस्पतालले हालसम्म कोभिड–१९ का बिरामीको उपचार र त्यसको प्रगतिको विषयमा विवरण पेश गरेको थियो । संघीय र प्रदेश सरकारका फरक फरक निर्णय तथा निर्देशनका कारण काम गर्न कठिन भएको गुनासो उनीहरुले संसदीय समितिलाई राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->