सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

प्रहरीको ‘चालकसँग एक मिनेट’ अभियान

प्रहरीको ‘चालकसँग एक मिनेट’ अभियान

‘हेर्नुस् हामीले चालकलाई कहिल्यै दबाव दिनु हुँदैन्, चालकका मात्रै कमजोरीले होईन यात्रुका कमजोरीले पनि कयौं दुर्घटना भएका छन्’


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०७७, सोमबार

बागलुङ, २४ कात्तिक– सामान बोक्ने पिकअप भ्यान । ‘सिंगल क्याव’ भ्यानमा चालकसहित चारजना यात्रु राखेर रातो प्लेटको ग१च ३३१५ नम्बरको गाडी हुँकिँदै आयो । बागलुङ बजारबाट बाहिरिँदै गरेको भ्यानलाई बाङ्गेचौरमा सडकमा खटिएका प्रहरी जवानले रोके ।
अरुबेला काममा खटिएका प्रहरी जवानहरुलाई कार्यक्षेत्रमै रहेपनि कागजपत्र र यात्रुको जाँच गर्न आदेश दिने प्रहरी प्रमुखहरु आईतबार दिउँसो हात जोडेर पिकअप भ्यानको नजिक पुगे । सडकमै थिए जिल्ला प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठ र ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठक । उनीहरुले दुईजना राख्न मिल्ने सिटमा किन चार जना भनेर चालकलाई प्रश्न गरे । प्रहरीको बाक्लो उपस्थिती रहेको सडकमा गाडी रोकेका चालक पूर्ण बहादुर पुर्जाले आफ्नो समस्या सुनाए ।
‘बाटोमा हुनुहुन्थ्यो, अलि परसम्म जसरी पनि पु¥याइदेउ भनेर जर्बजस्त गर्नुभयो’ पुर्जाले भने ‘जानकारी हुँदाहुँदै समस्या देखेर ल्याएँ ।’ उनका कुरा नसकिँदै यात्रुहरुले आफ्नै बलले आएको सुनाए । सबै समस्या सुनेपछि प्रहरी प्रमुखहरुले सवारी नियम मिच्दा हुने दर्घटनाले निम्त्याउने विपत्तिको विषयमा चालक र यात्रुलाई सुनाए ।
‘हेर्नुस् हामीले चालकलाई कहिल्यै दबाव दिनु हुँदैन्, चालकका मात्रै कमजोरीले होईन यात्रुका कमजोरीले पनि कयौं दुर्घटना भएका छन्’ यात्रुलाई सम्झाउँदै जिल्ला प्रहरी प्रमुख श्रेष्ठले भने ‘आइन्दा यस्तो नगर्नु, चालकले पनि आफ्नो परिवार सम्झेर काम गर्नु ।’
नियमविपरीत चढेका यात्रु झरेर ट्याक्सीमा पठाएको प्रहरीले सवारी चालकलाई सम्झाएर पठायो । प्रदेश प्रहरी कार्यालयको कार्यक्रम अनुसार बागलुङमा आइतबारदेखि ‘चालकसँग एक मिनेट’ कार्यक्रम सुरु भएको छ । कोरोना जोखिमबीच सुरु भएको अभियानमा प्रहरीले कोरोनाबाट बच्ने उपाय, दुर्घटना कम गर्न अपनाउनुपर्ने साबधानी र ट्राफिक नियमको विषयमा जानकारी गराईरहेको छ ।
‘चालक जिम्मेवार बन्दा धेरै जोखिमहरु कम गर्न सकिन्छ, हामी जिम्मेबार चालक बनाउन नमस्कार गरेर सम्झाउने अभियान थालेका छौं’ जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव प्रसाद पाठक भन्छन्– ‘सानो जानकारीमुलक ब्रोसर दिन्छौं र सम्झाएर पठाउँछौं ।’ दुर्घटना अस्वभाविक बढ्दै गएको भन्दै प्रहरीले एक महिले अभियान थालेको हो ।
सडकमा खटिएको प्रहरीले चालकले सवारी साधनको ख्याल राख्नुपर्ने विषयबारे जानकारी गराउने गरेको छ । ‘तपाईलाई एबिसि थाहा छ’ रोकिएको ट्याक्सीलाई सवारी साधनको विषयमा जानकारी माग्दै श्रेष्ठले सोधे ‘स्टाट, क्लज र ब्रेकको विषयमा त जानकारी पाउनु प¥यो नि ! जोखिम धेरै हुने तपाईहरुले साधनको विषयमा नजान्दा पनि हो ।’
अभियानअन्तर्गत बागलुङका ७ स्थानमा हरेक दिन दुई घण्टा सडकमा खटिएका प्रहरीले चालकहरुलाई चेतनामुलक सन्देश दिने छन् । ‘चालक र यात्रु दुवैलाई सम्झाउने भनेका छौं, हामीले सम्झाएका केहि मान्छेले अरु केही मान्छेलाई सम्झाउँदा घर घरमै सन्देश पुग्छ’ प्रहरी उपरीक्षक श्रेष्ठ भन्छन् ‘कोरोना महामारी थप फैलिन नदिन हाम्रो अभियानले साथ दिने छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->