सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

निभ्यो शिक्षाको ज्योती…

निभ्यो शिक्षाको ज्योती…


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०७७, बुधबार

बागलुङ, २६ कात्तिक– पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको आज निधन भएको छ । ८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौँका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए । विसं १९९२ मा बागलुङ नगरपालिका वडा नं. ३ नारायणचोकमा जन्मिएका उनी विसं २०४३ मा स्वास्थ्य राज्यमन्त्री भएका थिए । त्यसअघि उनी शिक्षा र सञ्चार सहायक मन्त्रीसमेत बनेका थिए ।
गौचन विसं २०२४ मा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका थिए । विसं २०४८ को चुनावमा गौचन नेपाली कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं ३ को सांसदमा निर्वाचित भएका थिए । राजनीतिसँगै समाजसेवामा सक्रिय गौचन लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्षसमेत थिए । विसं २००३ मा बागलुङमा स्थापित विद्यामन्दिर पुस्तकालयको उनी प्रधान संरक्षक थिए । बागलुङको शैक्षिक र सामाजिक सुधारमा गौचनको अमूल्य योगदान रहेको नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->