मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

चुरोट चोरेको आरोपमा झगडा र हत्या

चुरोट चोरेको आरोपमा झगडा र हत्या


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०७७, बिहिबार

पोखरा, २७ कात्तिक– चुरोट चोरेको निहुँमा भएको झगडाका कारण पोखरामा एक युवाले ज्यान गुमाएका छन् । घटनामा मृत्यु हुनेमा दाङको घोराही नगरपालिका घर भएका २५ वर्षीय कृष्ण चौधरी रहेका छन् । उनको हत्या अभियोगमा प्रहरीले सिन्धुली सुनकोशी गाउँपालीका–१ कुशेश्वर दुम्जा घर भई हाल पोखरा बस्दै आएका २३ वर्षीय नन्दलाल श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठले यही कार्तिक २२ गते दुईजनाबीच भएको झगडाको क्रममा चौधरी घाइते भएको स्वीकारेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार हत्या आरोपी नन्दलाल श्रेष्ठ असोजको पहिलो साता सिन्धुलीबाट पोखरा आएका थिए । रिक्सासहित आएका २३ वर्षीय श्रेष्ठ पोखराको पृथ्वीचोकसहित लेकसाइड, बसुन्धरापाक लगायतको स्थानमा कवाडी संकलन गर्थे । काम गर्दै जाँदा कार्तिक २२ गते करिब दिउँसोको ४ बजेको समयमा उनीसँग पोखरा–६ बसुन्धरापार्कमा बस्दै आएका कृष्ण चौधरी भेटिए । चौधरी पत्नीसहित पोखराको बैदाममै बस्थे । चौधरी र श्रेष्ठ मिलेर सौफी नामक रक्सी खाए । रक्सी लागेपछि चौधरीले आफ्नी श्रीमतीले खाना बनाएको र खाना खान जाऊँ भनेर श्रेष्ठसँग प्रस्ताव राखे । बस्ने खाने ठेगान नभएका श्रेष्ठ पनि चौधरीसँग बसुन्धरापार्कको प्रतीक्षालयमा खाना खान गए । खाना खाएपछि चौधरीकी श्रीमतीले चुरोट हरायो भनिन् । चौधरीले श्रेष्ठलाई चुरोट किन चोरेको भन्दै पेटमा समात्न पुगे । श्रेष्ठले चौधरीलाई धकेले । चुलोको ढुङ्गा टिपेर जाइलाग्न लागेका चौधरीको श्रेष्ठको हातबाट श्रेष्ठले ढुंगा खोसे । रिसको झोकमा श्रेष्ठले पाहुना बोलाएका चौधरीको टाउकोमा ३ पटक प्रहार गरे । टाउकोमा चोट लागि घाइते भएका चौधरीको वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले उद्धार गरेर अस्पताल पु¥यायो । तर, अस्पतालमा उनको मृत्यु भयो ।
प्रहरीले घटनापश्चात श्रेष्ठको खोजतलास सुरु ग¥यो । घटना घटेको ३ दिनपछि कास्की प्रहरीले श्रेष्ठलाई रिक्सामा काठमाडौंतर्फ जाँदै गर्दा तनहुँ आवुखैरेनीबाट पक्राउ गरेको छ । श्रेष्ठलाई कर्तव्य ज्यान मुद्धा दर्ता गरि थप अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । ‘ घटनामा प्रयोग भएको ढुङ्गा रगतजस्तो रातो पदार्थ लागेको टिसर्ट र घटना स्थलबाट रगत जस्तो बगेको पदार्थ समेत लिएर आएका छाँै । हुलियासहित खोजतलास गरेका थियौैँ’, प्रवक्ता हमालले भने,‘ उनले भने–चुरोट चोरेको निहुँमा हत्या भएको खुल्न आएको छ । थप अनुसन्धान प्रक्रियामा छौ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->