मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

मानव बेचबिखनमा संलग्न भएको अभियोगमा तीन जना पक्राउ

मानव बेचबिखनमा संलग्न भएको अभियोगमा तीन जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०७७, बिहिबार

पोखरा, २७ कात्तिक– कास्की प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा दुई पुरुष र एक महिलालाई पोखराबाट पक्राउ गरेको छ । बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकम समेत आफैले मिलाइदिने प्रलोभन देखाई पोखरा ल्याएर बन्धक बनाइ राखेको अवस्थामा पक्राउ गरिएको हो ।
‘कात्तिक २६ गते पोखरा ६ लेकसाईडमा राखी जबरजस्ती बेश्याबृतिमा संलग्न गराउने उदेश्यले कोठामा राखी बन्धक बनाई शारिरीक तथा मानसिक यातना दिदै आएका रहेछ्न’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले भने । उनिहरुले रकमको मोलमलाई गरिरहेको अवस्थामा पक्राउ पक्राउ गरिएको हो । पीडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखी आफन्तको जिम्मा लगाउने तयारी भईरहेको हमालले जानकारी दिए । पक्राउ पर्नेमा मादी गाउँपालिका– १, खेलुङ्का २१ वर्षीय जीवन नेपाली , काभ्रे पाँचखल–४ तामाघाटका २६ वर्षीय आशिष भुजेल र पोखरा महानगरपालिका– ४, बगालेटोलकि ३० वर्षीय अन्जु गुरुङ रहेका छन् । उनिहरु विरुद्व मानव बेचबिखन तथा ओसारपसार कुसर सम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरिएको हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->