सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बागलुङमा धनवन्तरी जयन्ती मनाइयो

बागलुङमा धनवन्तरी जयन्ती मनाइयो


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७७, शुक्रबार

बागलुङ, २८ कात्तिक– काग तिहारको दिन आयुर्वेद चिकित्साका पिता धनवन्तरीको जन्मजयन्ती मनाइएको छ ।
धनवन्तरी स्वास्थ्य सहकारी बागलुङको आयोजनामा स्वास्थ्य रक्षाका लागि क्रियाशिल आयुर्वेद समाज र विजया आर्युेवेद फर्मा समेतले दिवश मनाएका हुन् । धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवशको अवसरमा सहकारीले बागलुङका क्रियाशिल पत्रकारलाई गुडुची चुर्ण पनि वितरण गरेका थिए ।
गुर्जोबाट बनेको चुर्णको सेवनले रोगप्रतिरोधात्मक शक्ति बढाउने भएकोले वितरण गरिएको सहकारीका अध्यक्ष रमाकान्त सापकोटाले बताए । मेडिकल औषधिको प्रयोग हुनु अघि आर्युवेद औषधि मात्रै प्रयोग हुन्थ्यो । अहिले पनि आर्युेवेदको महत्व उत्तिकै भएकोले प्रयोग गर्न पनि उनले सुझाए ।
कोरोना संक्रमणको प्रकोप बढिरहेकाले सहकारीले सामान्य कार्यक्रम गरेर दिवश मनाएको थियो । साथै कोरोनाको महामारीविरुद्ध लड्नका लागि आर्युेवेदिक उत्पादनबाट बनेको साबुन, स्याम्पु र दन्तमंजन उत्पादन गर्न लागेको सापकोटाले जानकारी दिए । सहकारी संस्थामा २ सय ५ जना शेयर सदस्य छन् ।
नेपाल सरकारले २०५६ सालदेखि धनवन्तरी जयन्तीलाई राष्ट्रिय आरोग्य दिवशको रुपमा मनाउने निर्णय गरेको थियो । सहकारीले पनि तीन वर्षदेखि लगातार दिवश मनाइरहेको छ । सहकारीका सदस्यमध्ये २५ जनाले जडिबुटी खेती गरेका छन् । उनीहरुले उत्पादन गरेको जडिबुटी संकलन गरेर सहकारीमार्फत बजारीकरण गराइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->