सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

जन्मदिनमा आविष्कार केन्द्रलाई ५० हजार

जन्मदिनमा आविष्कार केन्द्रलाई ५० हजार


  • ढोरपाटन संवाददाता
  • कार्तिक २९ २०७७, शनिबार
राष्ट्रिय आविस्कार केन्द्रको सांकेतिक तस्विर

बागलुङ, २९ कात्तिक – गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहेएका तुलवीर थापा ‘समर्पण’ले आफ्नो जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गरेका छन् । शुक्रबार आविष्कार केन्द्रमै पुगी पत्रकार बबिता शर्मा र बैङ्कर्स शिव आचार्यले उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गरे । संयोजक पुनले प्रवासदेखि थापाले गरेको सहयोग र देखाएको सद्भावप्रति आविष्कार केन्द्र आभारी रहेको बताए ।

थापाले तत्काललाई रु। ५० हजार सहयोग गरेपनि आउँदो एक वर्षसम्म हरेक महिना आफ्नो कमाइको रु। पाँच हजार केन्द्रका लागि छुट्टाउने प्रतिबद्धता जनाए । त्योसमेत गरी थापाको सहयोग रकम रु। एक लाख दश हजार पुग्ने छ । “जन्मदिनमा केही नयाँ काम गरौँ भन्ने थियो, आविष्कार केन्द्रकाबारेमा सुनेपछि त्यसमै सहयोग गर्ने सोच पलायो”, उनले भने। नौ वर्षअघि जापान पुगेका थापाको नागोयामा रेष्टुराँ व्यवसाय छ । व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा पनि उनी सक्रिय छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->