बागलुङ, २९ कात्तिक- इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको टोलीले ठूलो परिणामको गाँजा सहित युवकलाई पक्राउ गरेको छ । शनिवार दिउसो निसीखोला गाउँपालिका वडा नं. ६ का ३४ बर्षिय टेकबहादुर घर्तीलाई पक्राउ गरेको प्रहरीले बतायो ।
खेती गरेको भन्ने सुराकी पाएपछि प्रहरीले खोजीमा निस्कंदा सुकाएर बोरामा लुकाइ राखेको १ सय ५० केजी गाँजा भेटाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले बताए । गाँजा पनि प्रहरीले बरामद गरेको बताएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले घर्तीको घरबाट गाँजा बरामद गरेको हो । बरामद गरिएको गाँजा र पक्राउ परेका घर्तीलाई प्रहरीले जिल्ला सदरमुकाम ल्याउदै गरेको बतायइएको छ । घटनाको थप अनुसन्धान समेत भैरहेको प्रहरीले बतायो ।





