मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

नगदसहित बागलुङबाट १६ जना जुवाडे पक्राउ

नगदसहित बागलुङबाट १६ जना जुवाडे पक्राउ


  • Dhorpatan News
  • मंसिर १ २०७७, सोमबार

बागलुङ, १ मंसिर- तिहारको अघिल्लो दिन राती बागलुङका बिभिन्न ठाउँबाट प्रहरीले १६ जना जुवाडे पक्राउ गरेको छ । आईतबार राती बागलुङ नगरपालिका, ६ भान्सा र सोही वडाको ठुलढुंगाबाट जुवातास खेलिरहेको अवस्थामा नगद सहित उनिहरु पक्राउ परेका हुन् ।
बागलुङ नगरपालिका, ६ ठुलढुंगाका तिलक बहादुर थापाको घरमा जुवातास खेलिरहेका ८ जना लाई ६७ हजार ७ सय रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही ठाउँका दिलबहादुर थापा, झकबहादुर थापा, यम बहादुर थापा, धनबहादुर थापा, तिलक थापा, दल बहादुर थापा, तिर्थ बहादुर थापा र दिल बहादुर छन्त्याल छन् ।
त्यस्तै बागलुङ नगरपालिका, ६ भान्साका शिव केसीको घरमा जुवातास खेल्ने ८ जना पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँका राजन सापकोटा, कुल बहादुर केसी, मान बहादुर केसी, रामकृष्ण सापकोटा, दिपक सापकोटा, इश्वर केसी, सागर केसी र दिपेश सापकोटा रहेका छन् । उनीहरुको साथबाट ८५ हजार ६ सय ८० रुपैयाँ नगद र केही थान तास बरामद गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । पक्राउ परेका उनिहरुलाई कानुन बमोजिम कारवाही प्रकृया अघि बढाईएको रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->