बागलुङ, २ मंसिर– जिल्ला प्रहरी कार्यालय बागलुङले गत राती बागलुङ नगरपालिका–७ पालाबाट नगदसहित ८ जना जुवाडे पक्राउ गरेको छ । सुराकीको आधारमा राती १ बजे पाला पुगेको प्रहरीले स्थानीय जगत बहादुर कार्कीको घरमा जुवा खेलिरहेका जुवाडेबाट ९१ हजार ९ सय नगदसहित जुवाको खालमा रहेका आठ जना पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा साही ठाउँका नविन शर्मा, ज्ञानेन्द्र बहादुर कार्की, जगत बहादुर कार्की, सागर शर्मा, बम बहादुर कार्की, रमेश कार्की, रमेश बहादुर कार्की र होमराज कार्की रहेका छन् । उनिहरुले सम्पत्तिनै हारजीत हुनेगरी ठुलो परिणाममा जुवा खेलेको प्रहरीको आरोप छ ।
नगद र केही थान तास बरामद गरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । पक्राउ परेकाहरुलाई कानुनबमोजिम कारवाही प्रक्रिया अघि बढाईएको रेग्मीको भनाई छ ।





