मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

धौलागिरी अस्पतालमा शरीर जोडिएका बच्चा जन्मिए

धौलागिरी अस्पतालमा शरीर जोडिएका बच्चा जन्मिए


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०७७, मंगलबार

बागलुङ, २ मंसिर– प्रसूती व्यथाले च्यापेको लामो समयपछि धौलागिरी अस्पताल पुगेकी पर्वतकी एक महिलाले शरीर जोडिएका दुई बच्चालाई जन्म दिएकी छन् । पर्वतको फलेवास नगरपालिका वडा नं. २ कुर्घाकी २८ वर्षिया महिलाले धौलागिरी अस्पतालमा मंगलबार बिहान शरीर जोडिएका बच्चालाई जन्म दिएकी हुन् ।
प्रसूती व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी ती महिलालाई पर्वत अस्पताल पठाईएको थियो । पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भिर रहेको भन्दै उनलाई धौलागिरी अस्पताल बागलुङमा पठाएको थियो ।
‘उहाँ सोमबार साँझ अस्पताल आउनुभएको हो’ अस्पतालका सूचना अधिकारी तिर्थ गौतमले भने ‘मंगलबार बिहान ६ ः १० बजे बच्चा जन्मिएका हुन् ।’ शल्यक्रियाका लागि समेत जोखिमपूर्ण अवस्था रहेको भन्दै चिकित्सकहरुका बिचमा छलफल चलिरहेकै बेला उनले बच्चाहरु जन्माएकी गौतमको भनाई छ ।
‘शरीर जोडिएको बच्चा जन्मिए, अवस्था गम्भिर थियो’ चिकित्सकहरुलाई उदृद गर्दै गौतमले भने ‘गर्भ जाँच नगराएको जस्तो लाग्यो, जाँच गरेको भए असामान्य अवस्थामा बच्चा रहेको थाहा हुन्थ्यो ।’ शरीर जोडिएर जन्मिएका बच्चालाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको गौतमले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->