बागलुङ, २ मंसिर– बागलुङको बडिगाड गाँउपालिका–२ बरबोटमा मंगलबार दिउँसो एक गोठ जलेर नष्ट भएको छ । गोठमा रहेको बारुलाको गोला जलाउने क्रममा आगलागी भएर स्थानीय कर्ण बहादुर राना (भिम बहादुर)को गोठ जलेको हो । बालबालिकाहरुले बारुलाको गोलो देखेपछि आगो लगाएको र सोही आगोले कच्चि गोठ जलेको खर्वाङ प्रहरी चौकीका प्रमुख गुरुप्रसाद न्यौपानेले बताए । रानाले गोठमा बाँधेका दुई गोरु दिउँसोको समय भएकाले जोगिएका छन् । हलगरु खेतिपातिका लागि निकालिएकाले थप क्षति हुन पाएन् । गोठ पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । गोठमा रहेका काठसमेत जल्दा दई लाख बराबरको क्षती भएको पीडित रानाले बताए । आगलागि भएलगतै स्थानिय र प्रहरीले एक घण्टामा नै आगो नियन्त्रमा लिएका थिए । ।





