सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

प्रउ श्रेष्ठले मासिक चार हजार आश्रमलाई दिने

प्रउ श्रेष्ठले मासिक चार हजार आश्रमलाई दिने


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७७, शनिबार

बागलुङ, ६ मंसिर– जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर श्रेष्ठले मानव सेवा आश्रम बागलुङलाई मासिक चार हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । शनिबार आफ्नो २० औं वैवाहिक वर्षगाँठको अवसरमा उनले मानव सेवामा सहयोग गर्ने घोषणा गरेका हुन् ।
मानव सेवा आश्रम बागलुङमा २० औं वैवाहिक वर्षगाँठको अवसरमा खाद्यान्न तथा आवश्यक सामग्रीहरु प्रदान गर्दै श्रेष्ठले बागलुङ रहने बेलासम्म आश्रमका लागि मासिक चार हजार रुपैयाँ प्रदान गर्ने प्रतिवद्धता जाहेर गरे । ‘यहाँ अहिलेसम्म ३ हजार ५ सयसम्म सहयोग गर्नुभएको रहेछ, मैले मासिक चार हजार रुपैयाँ सहयोग गर्छु यो मेरो प्रतिवद्धता हो’ श्रेष्ठले भने ‘मैले हेटौंडामा बस्दा पनि सहयोग गरेको थिए ।’ श्रीमती सबिना श्रेष्ठसँगै आश्रम पुगेका श्रेष्ठले वैवाहिक वर्षगाँठको खर्च आश्रममा आवश्यक खाद्यान्न सहयोग गरे । उनले मानवीय सेवाका लागि सहयोहको घोषण गर्दा उनकी आमा रमादेवी श्रेष्ठ (आचार्य) र छोरा श्री किशोर श्रेष्ठसँगै थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->