मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

अभिभावक फेरेर दोहोरो नागरिकता लिने प्रयास !

अभिभावक फेरेर दोहोरो नागरिकता लिने प्रयास !

सरकारी सरकारी कागजात दुरुपयोग गरेर नागरिकता बनाएको थाहा पाएपछि प्रशासनले चासो बढाएको हो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०७७, शनिबार

बागलुङ, ६ मंसिर– जन्मदिने बाबुआमाको नामबाट नागरिकता पाउने अधिकार सबैलाई छ । तर बागलुङका एक युवाले अर्कै मानिसलाई अभिभावक बनाएर नागरिकता लिएको भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा उजुरी आएपछि उनको छानबिन समेत थालिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । नक्कली बाबुआमा खडा गरेर नागरिकता लिनकालागि बागलुङ नगरपालिका वडा नं. ४ का अध्यक्ष धु्रबबहादुर केसीले सिफारिस गरेको उजुरीपछि प्रशासनले अनुसन्धान अगाडि बढाएको हो । बागलुङ नगरपालिका वडा नं. ६ का पंकज सापकोटाले वडा नं. ४ का गुरुदत्त आचार्य र देउरुपाको छोरा बनेर नागरिकता निकालेको भेटिएको हो । सापकोटाले झुक्याएर सिफारिस मागेको भन्दै वडा अध्यक्ष केसीले भने आँफूलाई फसाउने योजना बनाइएको दाबी गरेका छन् । ‘बाटोमा हिड्दा आएका थिए, काका लिएर आएकोले होला भनेर सिफारिस गरिदिंएँ, अहिले बुझ्दा झुक्याइएको रहेछ’ केसीले भने, ‘दोहोरो नागरिकता लिने, दुरुपयोग गरेर बिदेश जाने लहर चलेको रहेछ, मलाई थाहै भउन ।’ नागरिकता लिएका ती युवा भने अहिले पनि गाउँमै रहेको छिमेकीले बताए । ती युवा बानपा ६ भान्सामा बाबु देबिलाल र आमा कोपिलासँगै बस्ने गरेको छिमेकीले जानकारी दिएका छन् ।
सरकारी सरकारी कागजात दुरुपयोग गरेर नागरिकता बनाएको थाहा पाएपछि प्रशासनले चासो बढाएको हो । बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले पनि सूचना पाएपछि खोजी अभियान थालेको बताए । वडा अध्यक्षसँग सोधपुछपछि अन्य बिषय पनि अनुसन्धान भैरहेको उनले जानकारी दिए ।
ती युवाले लिएको नागरिकता २०७४ भदौमा जिल्ला प्रशासनबाट जारी भएको देखिन्छ । ती युवाको नागरिकतामा तत्कालिन प्रशासकीय अधिकृत कृष्णराज शर्माले हस्ताक्षर गरेका छन् । उजुरी आइसकेपछि सिफारिस गर्ने जनप्रतिनिधि र नागरिकतावाला व्यक्तिको अनुसन्धान भैरहेको न्यौपानेले बताए । न्यौपानेले अभिलेखको खोजी गरेर आरोप प्रमाणित भएमा कारवाही गर्ने बताए । आरोप प्रमाणित भएमा सिफरिसकर्तापनि कारवाहीमा पर्छन् । केसीले भने आँफूले जानीजानी सिफारिस नगरेको दावी गरेका छन् । उनले फसाउन खोजिएको भन्दै सिफारिस खोज्न आउनेलाई खोजी गरिरहेको समेत बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->