मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

दोहोरो नागरिकता लिने बागलुङका पंकज सापकोटा पक्राउ

दोहोरो नागरिकता लिने बागलुङका पंकज सापकोटा पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०७७, मंगलबार

बागलुङ, ९ मंसिर – अभिभावक फेरेर दोहोरो नागरिकता लिएको आरोप लागेका बागलुङ नगरपालिका- ६ का पंकज सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । सापकोटालाई सोमवार वेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले अभिभावक फेरेर दोहोरो नागरिकता लिएको समाचार ढोरपाटनमा प्रकाशन भएको थियो ।
सापकोटाले आफ्नो अभिभावकको नामबाट नागरिकता लिइसकेपछि बानपा-४ का अर्कै आमाबाबु खडा गरेर अर्काे नागरिकता लिएका थिए । उनले दोहोरो नागरिकता लिएको उजुरीपछि पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।
उनको नागरिकताका लागि सिफारिस गरेका वडा अध्यक्ष ध्रुवबहादुर केसीले भने कागजात पुगेकोले सिफारिस गरेको बताए । ‘हामी आउनु अघि नै जन्मदर्ता बनाएको रहेछ, सोही कागजातको आधारमा सिफारिस गर्न आएकोले गरेको थिएँ,’ वडाध्यक्ष केसीले भने, ‘मलाई फसाउन खोजिएको हो ।’
गलत काम गर्नेलाई भने कारबाही हुनुपर्ने उनले बताए । अदालतले जो जसलाई दोषी देखाउँछ सोही अनुसारको कारबाही हुने एसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->