शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बुटवलमा महासचिवलाई प्रश्न, अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको हो ?

बुटवलमा महासचिवलाई प्रश्न, अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको हो ?


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०७७, मंगलबार

बुटवल, ९ मंसिर – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला रुपन्देही पुगेका छन् । मंगलबार बुटवल पुगेका पौडेलले सञ्चारकर्मीहरुसँग भेट गरे । पार्टीको पछिल्लो विवादबारे धारणा राख्दै उनले मर्यादा नाघेर अभिव्यक्तिहरु आउन थालेको बताए । यो चिन्ताजनक भएको भन्दै उनले मर्यादाभित्र फर्किएर छलफल गर्नुपर्ने बताए ।
सञ्चारकर्मीहरुको केही प्रश्न लिएका उनले पार्टीको विवादसँगै प्रदेश राजधानीबारे प्रश्न समेत सामना गर्नुपर्‍यो । पौडेललाई सोधिएको थियो, तपाईले अर्थमन्त्रीसँग प्रदेश राजधानी साट्नुभयो भन्ने छ, त्यो सही हो ?
पौडेलले बुटवललाई प्रदेशको स्थायी राजधानी हुनुपर्ने मत राख्दै आएका थिए र चुनावी नारा पनि यसलाई बनाएका थिए । तर प्रदेशसभाले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी तोक्यो । पौडेलले अन्तिम समयमा बुटवललाई राजधानी बनाउन पहल नगरेको बुटवलबासीको आरोप थियो । प्रदेश राजधानी भालुवाङ तोकिएको केही समयपछि पौडेल अर्थमन्त्री बनेका थिए । त्यसलाई लिएर विपक्षी दलहरुले समेत पौडेलले अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको आरोप लगाएका थिए ।
अर्थमन्त्री पौडेलले भने त्यसलाई अस्वीकार गरेका छन् । यसका लागि उनले तीन दलिल पेश गरे र, अब राजधानीको बहसमा अल्झिनुभन्दा बुटवलको विकासका विषयमा छलफल गर्नुपर्ने बताए । पहिलो, प्रदेशको देशको केन्द्र प्रदेशसभाले तोक्ने हो । अर्थमन्त्री प्रधानमन्त्रीले नियुक्त गर्ने हो । त्यसकारण प्रदेशसभाले निर्णय गर्ने विषय र प्रधानमन्त्रीले निर्णय गर्ने विषय साट्ने भन्ने प्रश्नै भएन । दोस्रो, साट्नु पर्ने आवश्यकता किन छैन भने म पहिलो पटक अर्थमन्त्री भएको होइन । यसअगाडि पनि अर्थमन्त्री भएको हुँ । त्यसकारण अर्थमन्त्री हुनका निम्ति साट्नु पर्ने भन्ने प्रश्न हुन सक्दैन ।
तेस्रो, प्रदेशको केन्द्रका विषयमा राजनीतिक दलहरु, जनप्रतिनिधिहरुका बीचमा आआफ्ना मत थिए निर्वाचनका बेला, त्यो भन्दा अगाडि पनि र पछाडि पनि । तर एउटा प्रक्रियाबाट अधिकारप्राप्त निकायले एउटा निर्णय गरेको छ । निर्णयमा पुग्नु अगाडि पनि हाम्रा मतहरु थिए । तर एउटा प्रक्रियाबाट निर्णय भइसकेकाले फेरि त्यतातिर फर्किएर लामो समय व्यतित गर्नुभन्दा जसरी प्रदेशसभाले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई आर्थिक, सांस्कृतिक र पर्यटनको केन्द्रका रुपमा विकास गर्ने तय गरेको छ । म भन्न चाहन्छु, यो ठाउँलाई कुनै पनि हिसाव पूर्वाधार, आर्थिक समाजिक दृष्टिकोणले पछाडि पर्न दिइने छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->