सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

ढोरपाटनमा दुई सवारी दुर्घटना, एकको मृत्यु

ढोरपाटनमा दुई सवारी दुर्घटना, एकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०७७, बुधबार

बागलुङ, १० मंसिर – जिल्लाको ढोरपाटन नगरपालिका–२ मा दुई सवारी दुर्घटना भएका छन् । मंगलबार राति आधा घण्टाको अन्तरमा पिकअप जिप र ट्याक्सी दुर्घटना भएका हुन् । दुर्घटनामा ट्याक्सी चालक बडिगाड गाउँपालिका-९ का २२ वर्षीय नहकुल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार भीमगिठेबाट बुुर्तिबाङका लागि जाँदै गरेको लु २ च ९१९९ नम्बरको पिकअप र ध १ ज ५४२ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका-२ तुरतुरे ताल नजिक दुर्घटना भएका हुन् । दुर्घटनामा पिकअप जिप चालक बडिगाड गाउँपालिका-९ वर्ष २२ का किरण केसी सामान्य घाइते भएका छन् । दुर्घटनाको कारण खोज्न प्रहरी घटनास्थलमा पुगेको सूचना अधिकारी रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->