बागलुङ, ११ मंसिर– लैङ्खिक हिसाँ बिरुद्धको १६ दिने अभियान बागलुङमा पनि शुरु हुने भएको छ । प्रत्येक बर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाईने अभियान यसबर्ष पनि सचेतनात्मक कार्यक्रमका साथ शुरु भएको हो । बिश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण बिगतमा जस्तो धुमधामका साथ मनाउन नपाइएपनि सचेतनात्मक कार्यक्रमका साथ मनाउन शुरु गरिएको बागलुङ नगरपालिका अन्र्तगत महिला तथा बालबालिका शाखाका प्रमुख सरस्वतीदेबी रेग्मीले जानकारी दिइन् ।
बिभिन्न महिला सघं—संगठनको बैठकले यसबर्षको अभियानलाई सचेतना मुलक कार्यक्रम गरि संचालन गर्ने निर्णय गरे अनुसार पहिलो दिन बुधबार जिल्ला स्थित बिभिन्न सरकारी कार्यालय तथा सघंसंस्थामा सेतो रिबन बितरण गरिएको र हिसां बिरुद्धको अभियानमा एक्यबद्धता जनाउन अनुरोध गरिएको उनले बताईन् ।
लैङ्खिक हिसां बिरुद्धको अभियान सम्बन्धी सबै सरोकारवालालाई सचेत गराई एक्यबद्धता जनाउनका लागि सेतो रिबन बितरण गरिएको बागलुङ्ख नगरपालिका वडा नम्वर ३ का अध्यक्ष एबं न्यायीक समिति सदस्य लक्ष्मी बास्कोटाले जानकारी दिइन् ।





