मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

आज ठूलो एकादशी, तुलसी विवाह गर्ने दिन

आज ठूलो एकादशी, तुलसी विवाह गर्ने दिन


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७७, बिहिबार

बागलुङ, ११ मंसिर– आज हरिबोधिनी एकादशी पर्व देशभर मनाइँदैछ । धार्मिक मान्यता अनुसार आजको दिन भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्ने गरिन्छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गर्ने प्रचलन छ ।
तुलसी विष्णुप्रिया भएकाले दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । यस वर्ष हिजो र आज दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले हिजै मनाएका छन् । वेदमा आधारित भई धार्मिक काम गर्नेले आज एकादशी व्रत गरी तुलसीको विशेष पूजा आराधना गर्दैछन् ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।
कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर खाने गरिन्छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । आजका दिन बागलुङ, पर्वत, म्याग्दी लगायतका क्षेत्रमा शिवालयहरुमा लाग्ने गरेका मेला कोरोना संक्रमणको जोखिमका कारण प्रभावित भएका छन् । कालिगण्डकी नदीको तटिय क्षेत्रमा पुगेर स्नान गर्नेहरुले भने सामाजिक दुरी कायम गर्दै बिहानैदेखि स्नान गरीरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->