सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान

सामाजिक दूरी कायम गर्दै कालीगण्डकी स्नान


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०७७, बिहिबार

बागलुङ, ११ मंसिर– हरिबोधिनी एकादशी पर्वका अवसरमा भक्तजनले सामाजिक दूरी कायम गर्दै पवित्र कालीगण्डकी नदीमा स्नान गरेका छन् । कोरोना महामारीका कारण भीड जम्मा हुँदा जोखिम हुने भएकाले भक्तजनले पालैपालो कालीगण्डकीमा स्नान गरेका हुन् ।
आजका दिन कालीगण्डकीको स्नान गरेर निराहार बस्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । बागलुङको जैमिनी धाम, पर्वतका नरसिंहधामको पश्चिम किनारा, निरहेघाट, मालढुंगालगायत क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो छ । धार्मिक मान्यतानुसार आजको दिन विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरिन्छ ।
बागलुङमा तुलसीको विवाह गर्नुपूर्व कालीगण्डकीको स्नान गर्नुपर्ने मान्यता छ । आजको दिन अन्न खान नहुने भएकाले बागलुङ बजारमा सखरखण्ड, पिँडालु र वनतरुल बिक्रेताको पनि बाक्लो उपस्थिति छ ।
ससाना डोका तथा ठेलागाडामा निराहार बसेकाहरुका लागि कन्दमूल बिक्री गर्न बिक्रेताहरु बागलुङ बजार आएका छन् । यहाँका ससाना फलफूल तथा तरकारी पसलमा समेत कन्दमूल बिक्रीका लागि राखिएका छन् ।

तस्विरः राम शर्माको सहयोगमा

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->