मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बेवारिसे अवस्थामा ३८ थान अबैध बन्दुक बरामद

बेवारिसे अवस्थामा ३८ थान अबैध बन्दुक बरामद


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०७७, शुक्रबार
फाईल तस्विर

बागलुङ, १२ मंसिर– जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाका बिभिन्न ठाउँबाट ३८ थान अबैध भरुवा बन्दुक बरामद गरेको छ । जंगल तथा घर छेउमा बेवारिसे अवस्थामा ती बन्दुकहरु फेला परेका हुन् ।
गत कात्तिक २८ गते जिल्लाको बडिगाड गाउँपालिका–३ सिसाखानीबाट एक थान, मंसिर ४ गते ताराखोला गाउँपालिका–४ का विभिन्न ठाउँबाट १२ थान, मंसिर ५ गते ताराखोलाकै जुल्फे सामुदायीक वनबाट चार थान, सोही वडाको हर्पुखोलाबाट चार थान, ताराखोलाकै वडा नं. २ बाट नौ थान र वडा नं. ५ बाट आठ थान बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
विभिन्न समयमा प्रहरीले गरेको खोजतलासका क्रममा ती बन्दुकहरु फेला परेका हुन् । प्रहरीले खोजतलास थालेपछि प्रयोगकर्ताले बन्दुक बेवारिसे अवस्थामा फालेको हुनसक्ने प्रहरी निरीक्षक विजय भण्डारीले बताए । अबैध बन्दुक कस्ले र किन बेवारिसे अवस्थामा फालेका हुन भन्ने विषयमा अनुसन्धान भैरहेको भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->