बागलुङ, १२ मंसिर– गत कात्तिक २९ गते जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ६ बाट बरामद भएको १ सय ५० किलो गाजा जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार नष्ट गरेको छ । साही ठाउँ बस्ने टेक बहादुर घर्तीको घरबाट उनीसहित १ सय ५० किलो गाजा प्रहरीले नियन्त्रणमा लिएको थियो । शुक्रबार सरोकार वालाको रोहवरमा नियन्त्रणमा लिएको गाजा नष्ट गरिएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । गाजासहित पक्राउ परेका घर्तीको म्याद थपेर अनुसन्धान भैरहेको उनले बताए । घर्तिले गाजा उत्पादन गरी बिक्री वितरणका लागि भण्डारण गरी राखेको सुराकीको आधारमा नियन्त्रणमा लिएको थियो ।





