मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बागलुङका बस्तीमा पुगेर योजना सम्झौता गरिने

बागलुङका बस्तीमा पुगेर योजना सम्झौता गरिने


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७७, शनिबार

बागलुङ, १३ मंसिर– बागलुङ नगरपालिकाले पहिलो पटक वडा तहको बस्तीमा पुगेर योजना सम्झौता गर्ने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत शिव रिजालले सबै वडामा पुग्ने, जनताको समस्या बुझ्ने र कम खर्चिलो बनाउनकालागि वडा तहमा पुगेर योजना सम्झौताको कार्यक्रम बनाएको बताए । शनिवारदेखि सबै वडामा पुगेर योजना सम्झौता गर्ने नगरपालिकाको योजना छ ।
रिजालको योजनामा जनप्रतिनिधिले पनि सहमति जनाएका छन् । रिजालले अन्यत्र यस्ता गतिविधि भएपनि बागलुङकालागि नौलो भएको बताए । ‘मैले अन्यत्र यस्तो काम गरेको थिएँ, यहाँ मात्र नयाँ प्रयोग हुने हो’, उनले भने, ‘अब कामले छिटै गति लिन्छ ।’ उनका अनुसार हरेक वडामा ४० देखि ५० वटा म्म योजना छन् । ती योजनाका अध्यक्ष, सचिव र कोषाध्यक्ष पटकपटक नगरपालिका धाउनुपर्ने र उनीहरुले गर्ने खर्च भन्दा नगरपालिकाको एउटा टिम प्रत्यक्ष पुग्दा सबैको काम एकैदिन सकिने उनले अनुभव सुनाए ।
गाउँमा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारी पुग्दा जनताको वास्तविक समस्यापनि बुझ्न सकिने उनको अनुभव छ । यो अभियान जाने भएपछि टाढाका जनप्रतिनिधि बढी खुसी भएका छन् । तालिका अनुसार शनिवार वडा नं. १२ बाट यो अभियान थालिनेछ ।
बागलुङ नगरपालिकामा झण्डै ५ सय ५० योनजा चालु बर्ष कार्यान्वयन गर्नुपर्ने तालिकामा छन् । पहिलो चौमासिक भित्र योजना सम्झौता भएका छैनन् । तिहार पछि सबै वडाका योजनामा उपभोक्ता समिति गठन, लागत स्टिमेट निकाल्ने जस्ता काम भैरहेको इन्जिनियर त्रिलोचन गिरीले बताए । ‘एकादुइ योजना सम्झौता पहिला भएका छन्, तर सबै प्राविधिकहरु योजनाको लागत स्टिमेट बनाउन लागेका छौं’ गिरीले भने, ‘गाउँमै पुगेर योजना सम्झौता गरियो भने उपभोक्तालाई काम गर्ने जाँगर पनि बढ्ने देखिन्छ ।’ यो नौलो उदाहरण भएपनि योजना समयमै सक्नकालागि पहल र दवाव पनि पर्ने उनले बताए ।
चालु बर्ष जैमिनी नगरपालिकाले पनि केही योजनाहरु उपभोक्तामाझ पुगेर सम्झौता गर्न तयारी गरेको छ । योजना अधिकृत प्रेम सापकोटाले उपभोक्तालाई नगरपालिकामा बोलाएर गर्ने सम्झौताको तुलनामा कम खर्च हुने अबस्थामा बस्तीमा पुगेर सम्झौता गर्ने बताए । समयमै काम समेत थालेर बर्षात अघिनै काम सक्ने, फरफारक गर्ने र बजेटको सदुपयोग गर्ने अभियान चलाउने रिजालको योजना छ । गत बर्षहरुमा असारमा सम्झौता गरेर काम अलपत्र छाड्ने प्रवृत्ति बढी थियो । बागलुङ नगरपालिकाका कतिपय योजना अहिलेपनि समयमा नसकिएर अलपत्र जस्तै छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->