शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना नियन्त्रणमा बागलुङ नगर र पोखरा महानगरसहित ११ तह उत्कृष्ठ

कोरोना नियन्त्रणमा बागलुङ नगर र पोखरा महानगरसहित ११ तह उत्कृष्ठ


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०७७, शनिबार

बागलुङ, १३ मंसिर– बागलुङ नगरपालिका र पोखरा महानगरपालिका सहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीयतहको सूचीमा परेका छन् ।
स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक/एक वटा स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचिमा समावेश गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ वटा स्थानीय तह छनौट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताए ।
उत्कृष्ट व्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, म्याग्दीको मंगला गाउँपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका रहेका छन् ।
महामारीको समयमा क्वारेन्टाईन व्यवस्थापन, संक्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरुको मुल्यांङकन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरुले गरेका थिए ।
‘मन्त्रालयले मागेपछि जिल्लाबाट तथ्यांक मागेका थियौं, तिनै तथ्यांकको आधारमा उत्कृष्ट छनौट गरिएको हो’ पौडेलले भने ‘अहिले कुनै प्रयोजनको लागि भनिएको छैन, तर कामको मुल्यांकन गर्न सहज हुने र प्रोत्साहन हुने भएकाले छनौट गरिएको हो ।’ मन्त्रालयले योजना निर्माणमा निर्देशनालयले दिएको सूचीलाई आधार बनाउन सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->