
बागलुङ, १३ मंसिर– जिल्ला सदरमुकाम बागलुङ बजारमा जुवाको खालबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । शनिवार दिउँसो जुवा खेलिरहेको भन्ने सुराकीका आधारमा प्रहरीले बागलुङ नगरपालिका–२ हाडेपाखाका चन्द्र प्रसाद गैरेको घरबाट उनिहरुलाई नगदसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–२ का तेज बहादुर केसी, यम बहादुर केसी र सोही ठाउँका तेजनाथ उपाध्याय रहेका छन् । उनिहरुको साथबाट एक लाख १७ हजार रुपैयाँ नगद समेत बरामद भएको प्रहरी निरीक्षक बिजय भण्डारीले बताए ।
प्रहरीले सम्पत्तिको हारजीत हुनेगरी जुवा खेल्नेहरुको खोज ीगर्ने क्रममा उनिहरु जुवा खेलिरहेको सुराकी पाएको थियो । उनिहरुलाई म्याद थप गरेर अनुसन्धान थालिएको भण्डारीले बताए ।





