बागलुङ, १३ मंसिर– बागलुङको वडिगाड गाउँपालिका–२ मा मोटरसाईकल दुर्घटना हुँदा एक युवा गम्भिर घाईतेभएका छन् । ललितपुरको झम्सिखेलका ३४ बर्षिया चिराक लामा घाईते भएका हुन् । गलकोट नगरपालिकामा ससुराली आएका लामा ढोरपाटन शिकार आरक्ष क्षेत्र घुम्न जानेक्रममा दुर्घटनामा परी घाईते भएका हुन् । ध१प २६०७ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा उनको खुट्टा र टाउकोमा चोट लागेको छ । दुर्घटनामा परेका लामालाई वडिगाड पोलिक्लिनिकमा सामान्य उपचार पछि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको छ । उनलाई परिवारले हेलिकप्टर मार्फत उद्धार गरेरपोखरा पु¥याएको वडिागाडका स्थानीय राजन पाईजाले बताए । मोटर साईकलको पछाडी बसेका लामाका जेठान भने सकुशल छन् । दुर्घटनाको कारण खुलेको छैन् ।





