आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

जग्गा पाएको १० वर्षपछि कास्कीकोटमा स्वास्थ्यचौकी भवन !

जग्गा पाएको १० वर्षपछि कास्कीकोटमा स्वास्थ्यचौकी भवन !

शनिबार स्वास्थ्यचौकीको शिलान्यास गर्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले हेल्थपोष्टको परिकल्पना हुँदै स्वास्थ केन्द्रसम्म आइपुगेको बताए ।


  • विजय नेपाली
  • मंसिर १४ २०७७, आइतबार

पोखरा, १४ मंसिर–पोखरा महानगरको टापुमा रहेको वडा कास्कीकोटमा जग्गा प्राप्तिको १० वर्षपछि स्वास्थ्य चौकी बन्ने भएको छ । बाबुराम तिमिल्सिनाले २ रोपनी ६ आना १ पैसा ३ दाम र गुरुदत्त दवाडीले दिएको १० आना जग्गामा १० वर्षपछि बल्ल स्वास्थ्यचौकी बन्न लागेको हो ।
स्वास्थको क्षेत्रले निकै पछिपरेको कास्कीकोटमा स्वास्थ्य चौकी निर्माणको लागि १० वर्ष पहिले नै जग्गादाताहरुले जग्गा दिएका थिए । जग्गादाताले जग्गा पास गरिदिँदासमेत त्यहाँ स्वास्थ्यचौकी बनेन । स्थानीय निकायमा जनप्रतिनिधि आइसकेको अवस्थामा पनि ३ वर्षपछि बल्ल चौकी निर्माणको लागि बजेट विनियोजन भयो ।
पोखरा महानगरले प्रत्येक वडामा स्वास्थ्यको पहुँच पु¥याउने हेतुले अहिले वडावडामा स्वास्थचौकी निर्माण गरिरहेको छ । शनिबार स्वास्थ्यचौकीको शिलान्यास गर्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले हेल्थपोष्टको परिकल्पना हुँदै स्वास्थ केन्द्रसम्म आइपुगेको बताए । ‘हामी अब बिस्तारै सम्पन्न हुँदै गएका छौँ, कसैले पनि चिन्ता लिन पर्दैन’, जिसीले भने,‘पिछडिएको वडा भन्ने होइन अब यसलाई केन्द्रको रुपमा कसरी स्थापित गर्ने भन्ने सोच्ने हो, यो तपाईँहरुकै हातमा छ । निर्माण कम्पनीलाई कुनै बाधा–अवरोध बिना काम सम्पन्न गर्न दिनुस्, तपाईंहरुकै क्रियाशिलतामा निर्भर हुन्छ ।’ महानगरसंगको सम्झौता अनुसार निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरे प्रत्येक दिन ०.०५ का दरले कर काट्ने उनले बताए । १० वर्षअघि नै जग्गा मिल्दासम्म पनि सो क्षेत्रसम्म बाटो नपुग्दा दुः ख लागेको उनले सुनाए । ‘१० वर्षअघि नै जग्गा प्राप्त भएको रहेछ । समाजका सबै मिलेर कमसेकम बाटो त बनाउन पथ्र्यो । बन्ने नबन्ने अन्योलले नै नबनेको देखियो’,उनले भने । महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले भवनले मात्र स्वास्थचौकी नरहने बताउँदै त्यहाँबाट प्रदान गरिने सेवाले नै पूर्णता बनाउने धारणा राखे । महानगरले ३ वर्षमा ४५ वटा स्वास्थ्य चौकी निर्माण गरेको उनले जानकारी दिए । महानगरका केही भवन मात्र स्वास्थ्य मापदण्डअनुसार रहेको बताए । स्वास्थ्यचौकीको लागि जग्गा प्रदान गरेका गुरुदत्त दवाडीले वडाको मुख्य समस्याको रुपमा रहेको पानीको समस्या समाधान गरिदिन आग्रह गरे । वडाध्यक्ष ओमप्रसाद सुवेदीका अनुसार स्वास्थ्यकेन्द्रको चाहना अब पूरा हुने भए पनि पानीको समस्या यथावत रहेको र यसको लागि योजना बनाउने काम भइरहेको बताए । परियोजनाको कुल लागत १ करोड ८८ लाख भए पनि ठेक्का पाएको नेशनल ईस्टेट बुल्डर्स कम्पनीसँग १ करोड २८ लाखमा सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->