बागलुङ, १४ मंसिर– जिल्लाको गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका १० वर्षिय बालक अशोक क्षेत्री शनिबार साँझदेखि परिवारबाट सम्पर्कबिहिन भएका छन् ।
गलकोट नगरपालिका वडा नं. ७ मल्मको रमुवामा बाबाआमासँगै बस्दै आएका क्षेत्री शनिबार साँझदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । साँझ ५ः३० बजेसम्म घरछेउमा खेलिरहेका क्षेत्र त्यसपश्चात सम्पर्कबिहिन भएका थिए ।
उनको खोजीका लागि परिवार र छिमेकीले शनिबार रातभर प्रयास गरेका थिए । उनी सम्पर्क बाहिर रहेको भन्दै परिवारले ईलाका प्रहरी कार्यालय गलकोटमा पनि जानकारी गराएको छ । प्रहरी र स्थानीयको सक्रियतामा उनको खोजीकार्य भैरहेको कार्यवहाक वडाध्यक्ष लोक बहादुर थापाले जानकारी दिए ।
परिवारले बालकको तस्विर सार्वजनिक गरेर फेला पार्ने जो कोहीले परिवार वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेको छ ।





