बागलुङ, १४ मंसिर– बागलुङबाट काठमाण्डौका लागि उडेको कैलाश एयरको हेलिकप्टर चरासँग ठोकिएको छ । कलकोटबाट उडेको हेलिकप्टर उडेको केहीबेरमा चरासँग ठोकिए पछि नुवाकोटमा आकस्मीक अवतरण गरेको छ ।
कैलाश एयरको सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दुर्धटना भएको हो । चरासँग ठोकिएपछि आकस्मीक अवतरण गरेको हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिए ।
नुवाकोटको बेलकोटगढि गाँउपालिका वडा नम्वर ६ मा आकस्मीक अवतरण गरेको बताईएको छ । हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी सहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताईएको छ । गलकोट हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दुर्घटना भएको हो । चरा ठोकीदा हेलिकप्टरको अगाडिको सिसा फुटेको छ भने अगाडिको भागमा क्षति पुगेको छ । पारिवारीक प्रयोजनका लागि हेलिकप्टर बागलुङबाट काठमाण्डौ उडेको थियो ।





