बागलुङ, १४ मंसिर– हिजो साँझदेखि सम्पर्कबिहिन रहेका जिल्लाको गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका १० वर्षिय बालक अशोक क्षेत्री फेला परेका छन् । उनलाई प्रहरी र स्थानीयले खोजी गर्दा घर नजिकैबाट फेला पारेको गलकोटबाट पत्रकार थम्मन थापाले बताए । गलकोट नगरपालिका वडा नं. ७ मल्मको रमुवामा बाबाआमासँगै बस्दै आएका क्षेत्री शनिबार साँझदेखि सम्पर्कमा थिएनन् । उनी शकुशल रहेको परिवारले जनाएको छ ।





