पोखरा, १५ मंसिर– विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै लायन्स क्लब अफ पोखरा पिस सिटीले आफÞनो नवौं स्थापना दिवस मनाएको छ ।
क्लबले शनिबार तनहुँको भिमाद नगरपालिका वडा नं २ टेक्रेस्थित वालविकास माध्यमिक विद्यालयमा सहयोग गर्दै स्थापना दिवस मनाएको हो ।लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालअन्तर्गतको क्लबले विद्यालयका कक्षा १ देखि १० सम्म अध्ययनरत २०३ जना विद्यार्थीलाई ट्रयाकसुटका साथै स्टेशनरी र खेलकुदका सामग्री वितरण कार्यक्रम संयोजक टंकराज अधिकारीले जानकारी दिए ।
सोही अवसरमा बाबा फÞाउण्डेशन नेपालद्वारा उपलब्ध गराईएको स्टेशनरी सामग्री पनि वितरण गरिएको थियो । फÞाउण्डेशनले विगत पाँच वर्षदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउदै आएको छ ।
कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख मेखबहादुर थापाले फजुल खर्च गरी स्थापना दिवस मनाउनुभन्दा यस्ता कार्यका माध्यमबाट मनाउँदा सामाजिक योगदानका साथै अरुका लागि पनि अनुकरणीय बन्ने धारणा राखे । नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमराज अचार्यले शिक्षाको गुणस्तरीयता अहिलेका आवश्यकता भएको बताउँदै त्यसतर्फ केन्द्रीत बन्न विद्यालयलाई सुझाव दिए । क्लबले सामाजिक सेवाका क्षेत्रमा आँफूलाई अघि बढाइरहेको बताउँदै क्लबका अध्यक्ष रामप्रसाद अधिकारी र संस्थापक अध्यक्ष सुदीपराज ढुङ्गानाले विद्यालयमा यस अघि पुस्तकालय स्थापना लगायतमा पनि सहयोग गरेको जानकारी दिए ।





