सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पहिरोमा ज्यान गुमाएका परिवारलाई सहयोग

पहिरोमा ज्यान गुमाएका परिवारलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०७७, सोमबार

बागलुङ, १५ मंसिर– गत भदौ २८ र २९ गतेको पहिरोमा परी ज्यान गुमाएका बागलुङको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरा, टुनीबोटका दुई जनाको परिवारलाई अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
पहिरोमा परी ज्यान गुमाएका लक्ष्मी पौडेल र हरिकृष्ण पौडेलको परिवारलाई पुनस्थापना र दैनिकी चलाउन नगद सहयोग गरिएको हो । विभिन्न कामको शिलशिलामा अमेरिकामा रहेका नेपालीहरुबाट स्वस्फुर्त संकलित दुई लाख २३ हजार रुपैयाँ परिवारका सदस्यलाई हस्तान्तरण गरिएको अमेरिकामा सहयोग संकलन अभियान चलाएका अभियन्ता कृष्ण पौडेलले बताए ।
उनीहरुले पठाएको रकम जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले पीडित परिवारलाई हस्तान्तरण गरेका छन् । पौडेलले विपत्मा परेको परिवारलाई विदेशमा रहेका नेपालीहरुले गरेको सहयोगको प्रशंसा गरेका थिए ।
बागलुङ नगरपालिका वडा नं. १३ का अध्यक्ष नारायण पौडेलमार्फत रकम नेपाल पठाएका थिए । पहिरोले घरबास पुरिएका टुनिबोटका आठ परिवार अहिले पनि आफन्तकोमा शरण लिएर बसेका छन् । नगरपालिकाले प्रदेश र केन्द्र सरकारको कार्यक्रम कुरिरहेकाले उनीहरुको पुनर्बास हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->