सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बागलुङ बजारमा आगलागीले एक घर जल्यो

बागलुङ बजारमा आगलागीले एक घर जल्यो


  • ढोरपाटन संवाददाता
  • मंसिर १७ २०७७, बुधबार

बागलुङ, १७ मंसिर– सरमुकाम बागलुङ बजारको एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ गुठीका दलबहादुर सार्कीको घरमा बुधबार बिहान ११ बजे आगलागी भएको हो ।
ढुंगा माटोले बनेको कच्ची घरमा आगलागी हुँदा पूर्ण रुपमा क्षति भएको छ । घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, गरगहना र नगदसमेत जलेर नष्ट भएको पीडित दलबहादुरले बताए । आगलागी के कारणले भएको हो भन्ने खुलेको छैन् ।
प्रहरी र नेपाली सेनाले एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । परिवारका सदस्यहरुले भने भागेर ज्यान बचाएको सार्कीले बताए । ‘भएको सबै सकियो, के कति गयो भनेर हिसाबनै गर्नुपर्छ’ सार्कीले भने ‘लाखौंको क्षति भएको छ ।’
प्रहरीले क्षतिको विवरण संकलन भैरहेको जनाएको छ । मंगलबार मात्रै बागलुङ नगरपालिका वडा नं. ४ को उपल्लाचौरमा रहेको एक कपास उद्योगमा आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->