सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

त्रिदिवसीय डिजिटल पत्रकारिता तालिम सुरु

त्रिदिवसीय डिजिटल पत्रकारिता तालिम सुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०७७, बिहिबार

बागलुङ, १८ मंसिर– नेपाल पत्रकार महासंघ बागलुङले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि त्रिदिवसीय डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ । कोरोना महामारीका बिच बिहिबारबाट भर्चुअल माध्याममार्फत तालिम सुरु भएको हो ।
शनिबार बिहानसम्म चल्ने तालिममा डिजिटल पत्रकारिता, पत्रकारितामा प्रविधि, स्वास्थ्य पत्रकारिता, आर्थिक पत्रकारिता र खोज पत्रकारिताका विषयमा सहजीकरण हुनेछ । तालिमको पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले शुभारम्भ गरे ।
तालिमको सहजिकरण नेपाल लाईभ तथा जनता पोष्टका पूर्व सम्पादक नारायण अमृत, बिबिसी नेपाली सेवाका पत्रकार उज्वल आचार्य, स्वास्थ्यखबर अनलाइनका सम्पादक प्रवीण ढकाल, क्यापिटल म्यागाजिनका सम्पादक लोक चापागाईं, र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोजपत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->