सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

कोरोनाकालमा घरेलु हिंसा र जातीय विभेद बढी

कोरोनाकालमा घरेलु हिंसा र जातीय विभेद बढी


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७७, शनिबार

बागलुङ, २० मंसिर– कोरोना संक्रमणको बेला मानवअधिकार हनन्, घरेलु हिंसा र जातीय बिभेद हुने गरेको अध्ययनकर्ताले बताएका छन् ।
गण्डकी प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले बागलुङमा संयुक्त रुपमा गरेको एक अन्तरक्रियामा सहभागिले बन्दाबन्दीको समयको तथ्यांक र सामाजिक बिभेदबारे प्रस्तुतीकरण गरेका थिए । उनीहरुले विभिन्न अध्ययनको तथ्यांक पनि प्रस्तुत गरे । इन्सेकले शुक्रवार कोभिड कालमा जातीय र लैङिक हिंसा बिषयक अन्तरक्रिया गरेको थियो ।
अधिवक्ता राम शर्माले मानवअधिकार आयोगमा दैनिक ५ सय फोन आउने र तीमध्ये ७० प्रतिशत घरेलु हिंसाको आउने गरेको दृष्टान्त प्रस्तुत गरे । उनले वर्षौदेखि दलीतहरु विभेदमा परेको भन्दै पिडा अन्य जातीले बुझ्न नसक्ने धारणा राखे ।
शर्माले संसारभर आर्थिक मन्दी हुँदा रोजगारी गुमाउनेमा दलीत, महिला र कमजोर वर्ग हुने गरेको भन्दै संसारमा हुने हरेक महामारीमा बालबालिका, महिला र वृद्धवृद्धानै पीडित बन्नुपरेको बताए । अर्का अधिवक्ता काजीगाउँले श्रेष्ठले महिलाले हिंसा र दलीतले सयौं वर्षदेखि विभेद सहेको बताए ।
इन्सेक बागलुङको अध्ययनले अघिल्लो वर्ष १ सय ११ वटा हिंसाका घटनामा ६० महिला पिडित थिए । तीमध्ये १४ वटा बलात्कारका घटना थिए । १० बालिकामा यौनजन्य हिंसा भएको थियो । सन् २०२० को ११ महिनामा ६५ घटना सार्वजनिक भएका छन् । तीमध्ये १० वटा बलात्कार, १ अपहरण, ४५ घरेलु हिंसाका छन् । यो तथ्यांकले महिला बढी पीडित भएको देखिएको सिर्जना पन्तले बताइन् ।
बन्दाबन्दीको निहँ पारेर बागलुङका अधिकांस पालिकाले महिला सशक्तीकरणदेखि प्र्रजनन् स्वास्थ्य उपचारलगायतका शिविर र उपचारका कार्यक्रममा बजेट फ्रिज गराएका छन् । खर्च नभएपछि फ्रिज भएको रकमलाई कोरोनामा तुलना गरिएको छ । तर पालिकाले अन्य पूर्वाधारको काममा लगानी धेरै गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य साबित्रा रानाले महिला हिंसा र दलीतको अधिकारकालागि निन्तर संघर्ष गरिरहनु परेको भन्दै कोरोनाको संकटमा पनि यो घट्न नसकेको धारणा राखिन् । केही स्थानमा सकारात्मक सन्देश दिएपनि अधिकांस समाजमा हिंसा बढेको उनको धारणा थियो ।
कार्यक्रममा नेकपाका कार्यालय सदस्य लालबहादुर थापा, प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठ, धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेल, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, बागलुङ नगर कार्यपालिका सदस्य नबिन किसान, जिल्ला प्रशासनका प्रतिनिधि तेजराज गौतम, अन्तरपार्टी महिला संजालकी संयोजक कुशुम बुढा, सहकारी महासंघकी केन्द्रीय सदस्य हुमाकुमारी जिसी, पत्रकार नविन शिसिर, सज्जन कुमार सिंह, अधिकारकर्मी साबित्री खड्कालगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->