पोखरा, २० मंसिर– राष्ट्रिय पून निमार्ण आयोजनाअन्तर्गत माछापुच्छे« गाउँपालिकामा निमार्णाधीन अवस्थामा रहेको सडकको काम सुस्त भएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।
पून निमार्णअन्तर्गत रहेको हेम्जा खानेपानी मुहान, लुम्रे, सिदिङ (मणिलाल)सडक परियोजनाको काम समयमै नसक्दा स्थानीयले खवरदारी गरेका छन् । ‘सडक बन्छ कि भनेर कुरेका हौ एक वर्षसम्म पनि बन्न सकेन’, शुक्रबार जिल्ला समन्वय समितिमा त्रिपक्षीय छलफलमा स्थानीयले भने । हेम्दुङ ड्राइगन जेभिले २०७५ सालमा १८ महिनामा पुल सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर, पटक–पटक म्याद थप गर्दै काम बढाउँदा धुलोको मारमा परेको स्थानीयले क्रसरबाट बाहिर नदिजन्य पदार्थ बेच्नको लागि काम ढिला गरेको आरोप लगाए । माछापुच्छे« गाउँपालिका–९ का वडा अध्यक्ष दर्गाबहादुर क्षेत्रीले काम छिटो सक्नको लागि स्थानीय निकाय र जनताको पुर्ण साथ र सहयोग रहँदासमेत ठेकेदारले आनाकानी गरेको बताए । ‘कामदार चाहिए लिएर आउनुस् खाना र बस्नको व्यवस्था गर्छाँै भन्दा पनि हुँदैन । विभिन्न ठाउँको लागि आवश्यक जालीसमेत राखेका छौँ, सबैको साथ र सहयोग पाउँदासमेत काम किन ढिला भयो ?’, उनले प्रश्न गर्दै भने,‘रकमै चाहिएको भए हामीले पनि केहि बजेट छुट्याएका छाँै,यस्तो अवस्थाले काम गर्दा अझै ३ वर्ष सम्म पनि काम सम्पन्न हुन सक्दैन ।’ सडक निमार्णको क्रममा खोलिएको क्रसरबाट बाहिर नदिजन्य पदार्थ बेच्दासमेत विकासको काम रोकिन सक्ने डरले चुपलाएर बसेको सडक उपभोक्ता समितिका सदस्य दलबहादुर लामिछानेले बताए । आफ्नो क्षेत्रमा सडक आउने भएपछि बारम्बार गल्ती गर्दासमेत निमार्ण कम्पनीलाई कुनै बाधा अवरोध नगरिएको उनले सुनाए । ‘हामी त गुणस्तरीय सडक बन्ने आसमा चुप बसेका छाँ,ै हाम्रो सोझोपनलाई कमजोरी नसोच्नुहोस्’, उनले भने । छलफलको क्रममा स्थानीय समाजसेवी राम गुरुङले पुनः निमार्णको नाममा ठगीको धन्दा चलेको र त्यसलाई तत्कालै रोक्न आग्रह गरे । बारम्बार सम्झाउँदा समेत आनाकानी गरिए जनताको ताकत देखाउने उनले बताए । गुरुङले सम्पूर्ण गाउँबासीको साथ पाउँदा ठेकेदार मात्तिएर हिँडेको आरोप लगाए । हामीले केही कुरामा पनि रोक तोक लगाएका छैनौँ । अन्यत्रजस्तो चन्दा उठाउन समेत कसैलाई दिएका छैनौँ ।’ ०७५ साल असार २७ गते सुरु गरिएको कामको म्याद ०७६ पुससम्म रहेको थियो । पछि विभिन्न कारण देखाउँदै म्याद थप हुँदा सडक अलपत्रमा परेको छ । देशभर पुनःनिमार्णको ३० वटामात्र योजना रहेका छन् । ती योजनामध्ये माछापुच्छ«े गाउँपालिकाको योजनामा मात्र म्याद थप गरिएको हो ।
कोरोना र वर्षाको कारण काममा बाधा आएको निमार्ण कम्पनीका संचालक ऋषि गौतमले बताए । गौतमले यस्तो धारणा राखेपछि छलफलमा रहेका स्थानीय कड्किएका थिए । समयमै काम सम्पन्न गर्न आग्रह गर्दासमेत उनले कुनै जवाफ दिएनन् । परियोजना प्रमुख नवराज शर्माले काम चैत्रभित्र सम्पन्न गर्नुपर्ने भन्दै निमार्ण कम्पनी, स्थानीय र जनप्रतिनिधिको सहभागितामा कार्यतालिका समेत बनाई समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् । अब पनि काम सम्पन्न नभए कानूनी रुपमा आफूले सक्ने कारवाही गर्ने उनले बताए । यस्तै स्थानीयहरुले भने अब काम सुचारु नगरे आफुहरुले समेत अर्को कदम चाल्ने बताए ।
घुस दिदाँ पक्राउ समेत परेका थिए कम्पनीका संचालक गौतम
हेम्दुङ ड्राइगन जेभिका संचालक ऋषि गौतम यसअघि घुस दिँदा पक्राउ परेका थिए । सडक डिभिजन कार्यालयका प्रमुख हरि कुमार पोखरेलसहित उनी ०७६ साल साउनमा ९ लाख घुससहित पक्राउ परेका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराको टोलीले इन्जिनियर हरिकुमार पोखरेल सहित इन्जिनियर पवित्रमणि आचार्य, ठेकेदार ऋषि गौतम र पोखरेलका २ जना मान्छेलाई समेत पक्राउ गरेको थियो ।
गौतमले निर्माणको ठेक्का मिलाइदिन भनी प्रमुख पोखरेलको निवासमा पुगेर नौ लाख रुपैयाँ घुस दिएर हिडेका थिए ।
गौतमले नै पुनःनिमार्णअन्तर्गतको २९ करोडको योजना पाएका थिए । तर, उनले समयमा भने काम सकेका छैनन् । उल्टै आयोजनाले अन्य आयोजनालाई म्याद नदिदाँ गौतमले पाएको योजनामा भने तिन पटकसम्म म्याद थप गरिसकेको छ ।





