सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

राजमार्गको अवरोध हटाउन कार्ययोजना

राजमार्गको अवरोध हटाउन कार्ययोजना


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७७, शनिबार

बागलुङ, २० मंसिर– गाउँघरमा हुने सामान्य विवादमा समेत राजमार्ग अवरुद्ध गर्ने परिपाटी विकास भएको भन्दै बागलुङमा राष्ट्रिय राजमार्ग अबरोधमा कडाई थालिएको छ ।
राजमार्गको अबरोध हटाउने जिल्ला समन्वय समितिको बैठकले अबदेखि कुनैपनि बहानामा राजमार्गहरुमा अवरोध गर्न नपाईने निर्णय गरेको हो । प्राकृतिक विपत् परेको समयमा जतिसक्दो छिटो राजमार्गहरु सञ्चालनमा ल्याउनका लागि कार्ययोजना समिति बनाएको छ ।
जिल्लामा रहेका सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय, सडक विभाग तथा सडक डिभिजन कार्यालय र स्थानीय तह समेतसँग रहेको सबै यन्त्र उपकरणको प्रयोग गरेर अबरोध हटाउने कार्ययोजना बनेको हो ।
‘गृह मन्त्रालयको राजनीतिक, धार्मिक, सांस्कृतिक कुनै पनि कारणले राजमार्ग बन्द गर्न नपाईने निर्णयलाई हामिले कार्यान्वयनमा ल्याएका हौं, बागलुङमा कडाई आवश्यक देखियो ।’
जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले भने । कार्ययोजनाअन्र्तगत समितिले जिल्लामा भएका एम्बुलेन्स, दमकल, डोजर, सुरक्षा निकायसँग भएका सामाग्री, स्वास्थ्य केन्द्रमा भएका प्रमुखहरुको विवरण, स्वयंसेवकहरुको तथ्याङ्क संकलन गरेको छ ।
कार्ययोजना कार्यान्वयनका लागि जिल्लाको पश्चिममा रहेको इलाका प्रशासन कार्यालय प्रमुखको नेर्ततवमा कार्यदल गठन गर्ने निर्णय भएको छ । बागलुङमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर राष्ट्रिय राजमार्गको रुपमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->