सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

मध्यपहाडीको बागलुङ खण्ड दैनिक छ घण्टा बन्द हुने

मध्यपहाडीको बागलुङ खण्ड दैनिक छ घण्टा बन्द हुने


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०७७, सोमबार

बागलुङ, २२ मंसिर– पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ बजार–अक्षेते खण्ड विस्तारका लागि दैनिक छ घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको संयोजनमा आइतबार बसेको सर्वपक्षीय बैठकले लोकमार्गको बोक्से खाल्टामा रहेको अप्ठेरो भिरमा कटान गर्नका लागि यही मंसिर २५ गतेदेखि पुसको १५ गतेसम्म सवारी आवतजावतमा रोक लगाउने निर्णय गरेको छ ।
उक्त छ घण्टाका लागि साना सवारी साधन वैकल्पिक मार्गबाट चल्ने र ठुला सवारी साधनको लागि समय तालिका अनुसार चल्न सूचित गरिने जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए । सो सडकखण्डमा बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द निर्णय गरिएको उनले बताए । लोकमार्गको यो खण्डमा समयमा काम नभएको भन्दै धेरै आलोचना हुने गरेको छ ।
बैठकमा निर्माण कम्पनीले सवारी साधन रोकेर काम गर्ने समय मागेपछि समयतालिका तयार गरिएको प्रशासनले जनाएको छ । ‘ठेकेदारहरु नआउने र काम समयमा नभएकोले धेरै समस्या आए, आयोजनाप्रति जनताको विश्वासै हरायो’ मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाका पर्वत कार्यालय प्रमुख जयलाल मरासिनीले भने, ‘अब भने कामका लागि सहजीकरण हुने भएको छ ।’ राजनीतिक दल, प्रशासन र सरोकरवाला समक्ष ठेकेदारले आगामी साताबाट नियमित काम गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।
बागलुङदेखि अक्षेते खण्डमा ४९ प्रतिशत र बिहुँ खण्डमा ५५ प्रतिशत प्रगती भएको बताइएको छ । दुवै आयोजनाको म्याद भने माघ दोश्रो साता सकिंन लागेको छ । सहभागिले म्याद थपका लागि छलफल राखिएको र फेरी काम नहुने भए ठेक्का तोडेर जान पनि सुझाव दिएका थिए । ठेकेदारले सहज वातावरण भएमा आगामी जेठ मसान्तभित्र काम गर्ने लक्ष सुनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->