सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

आगो लाग्दा दमकल किन भेटिदैन ?

आगो लाग्दा दमकल किन भेटिदैन ?

सदरमुकामकै बिभिन्न टोलमा बेला बेला हुने आगोलागिका घटनामा दमकलको उपयोग गर्न नपाएको स्थानीयकै गुनासो छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०७७, मंगलबार
बागलुङ नगरपालिकाले सञ्चालन गरिरहेको दमकलको फाईल तस्विर ।

बागलुङ, २३ मंसिर– सदरमुकाम बागलुङ बजारमा पटक पटक आगोलागि हुँदा दमकल नपुग्दा लाखौं सम्पत्तिको नष्ट हुने गरेको छ । केहीदिनदेखि स्थानीय र अधिकारकर्मीले पनि दमकलको खोजी गर्दा नभेटेको बताए ।
कपास उद्योगमा लागेको आगो देखि व्यक्तिको घर, पसलमा लाग्ने आगो निभाउने काम पनि अहिले ठप्प जस्तै छ । हरके घटनामा नगरपालिकाको दमकलको खोजी हुन्छ । तर दमकल नगएपछि स्थानीयले गाग्रीमा पानी खेपेर निभाउन बाध्य हुन्छन ।
सदरमुकामकै बिभिन्न टोलमा बेला बेला हुने आगोलागिका घटनामा दमकलको उपयोग गर्न नपाएको स्थानीयकै गुनासो छ । ६ बर्ष अघि बागलुङ नगरपालिकाले दमकल ल्याएको थियो । जिल्लामा अन्य पालिकामा भने दमकल छैन । पटकपटक बिग्रेको बताउने नगरपालिकाले मर्मत भने गरेको छैन । गतबर्षपनि दमकल मर्मतमा ६ लाख र इनधनमा ४ लाख खर्च भएको नगरपालिकाको हिसाब छ । तर कुनैपनि घटनामा उपयोग नभएको स्थानीय राम शर्माले टिप्पणी गरे । अहिले पनि दमकलको पानी फाल्ने फोहोरा बिग्रेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले बताए । ‘म आएको दुइ महिना मात्रै भयो, दमकलको पहिलो आबस्यकता पर्दा पठउन सकिन’ रिजालले भने, ‘एकजना मात्रै चालक रहेछन्, उनी नभएको बेला आगोलागि भयो, अर्को चालक खोज्दाखोज्दै स्थानीयले आगो निभाए ।’ चालक भेटिएकै भएपनि फोहोरा बिग्रेको नबनेको उनले बताए ।

मर्मत खर्चमा ठूलै रकम देखिएपनि किन नबनेको भन्ने खोजी थालेको रिजालले बताए । नगरपालिकामा दमकल राख्ने स्थान पनि छैन । गत बर्ष सम्म जिल्ला प्रहरीमा राख्ने गरेकोमा कोरोना संक्रमणपछि बाहिर राख्न थालिएको हो । प्रहरी कार्यालयमा क्वारेन्टाइन बनाउनु परेपछि दमकल राख्ने ठाउँ अभाव भएको हो । नगरपालिकामा एकजना मात्र दमकल चालक छन् । प्रहरीमा हुँदा अन्य चालकबाट पनि दमकल पठाउने गरिएको थियो । दमकल बाहिर राख्दा भ¥याङ लगायतका सामान चोरी भएका छन् । फोहोरा बिग्रेको कारणपनि सामान चोरी भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

‘कहिले चालक नभेटिने, कहिले सामान हराउने भएकोले दमकल राख्ने सुरक्षित स्थानको खोजी भैरहेको छ’ रिजालले भने, ‘सिडिओ क्वाटर ३ रोपनीको छ, तर नगरपालिकाको जग्गा छैन ।’ फोहोर फाल्ने गाडि, दमकल र अन्य धेरै सामाग्री राख्ने स्थान अभावले सडकमै अलपत्र छाड्नुपरेको उनले टिप्पणी गरे ।
बागलुङका अधिकांस गल्ली समेत दमकल नजाने अबस्थाका छन् । त्यसैले तत्काल आगो नियन्त्रणमा समस्या पर्ने गरेको बागलुङ नगरपालिका वडा नं. २ का सदस्य अर्जुन घिमिरेले बताए । ‘मुख्य सडकमा मात्रै दमकल पुग्छ, भित्री खण्डमा आगोलागी भएमा नियन्त्रण लिन गाह्रो छ’ उनले भने, ‘योजनाबद्द बिकास नभएपछि धेरै समस्याहरु आउने गर्छन् ।’ नगरपालिकाले नियमित बजेटमा मर्मत र इन्धनको व्यवस्था गरेपनि दमकल व्यवस्थापन समिति नभएपछि चाहेको बेला सेवा दिन नसकिएको समेत उनले टिप्पणी गरे । सदरमुकाममा भएको दमकल संचालनका लागि प्रहरी, प्रशासन, उद्योग बाणिज्य संघ र नगरपालिकाको संयुक्त संचालक समिति बनेको अहिले भंग जस्तै भएको छ । समितिका सदस्यलेनै आँफू सदस्य भएको थाहा नपाएको बताए । ‘म पनि सदस्य हो भन्ने सुनेको छु, तर न बैठक हुन्छ, न व्यवस्थापन बारे केही सूचना आउँछ’ बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले भने, ‘हामीले फोन गरेपनि उठ्दैन ।’

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->