सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

विद्यार्थीका खुट्टामा जुत्ता, अभिभावक फुरुङ्ग

विद्यार्थीका खुट्टामा जुत्ता, अभिभावक फुरुङ्ग


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७७, बुधबार

बागलुङ, २४ मंसिर– कोभिड–१९ प्रभावका कारण लामो समय बन्द रहेको विद्यालय । मौसम परिवर्तन भएर चिसो सुरु भएसँगै पठनापठन सुरु भएको छ । सिमिति शिक्षक र विद्यार्थीको संख्या समेत सिमित छ बागलुङ नगरपालिका–४ ओडारचौरमा रहेको देउराली प्राथमिक विद्यालयमा ।
लामो समय शिक्षक शिक्षिका तथा साथीभाईबाट टाढा रहँदा न्यास्रो मानिरहेका बालबालिका विद्यालय यसै पुग्दा फुरुङ्ग थिए । रमाउँदै पढ्ने विद्यालयमै विद्यालय पोषाकको रुपमा जुत्ता पाउँदा बालबालिका थप उत्साहित थिए ।
मंगलबार बागलुङको एक सामाजिक संस्थाले विद्यालयमा पुगेर सबै बालबालिकाको लागि जुत्ता दियो । बागलुङ समाज कल्याण केन्द्र महिला समुह काठमाडौ बालबालिकाका लागि जुत्ता बोकेर विद्यालयमा पुग्दा अभिभावकसमेत फुरुङ्ग थिए ।
‘समाजमा हुने खाने महिला दिदीबहिनीले हुँदा खाने वर्गका बालबालिकालाई केन्द्रित गरेर केही वर्षदेखि नानीबाबुको लागि सहयोग गर्दै आएका छौं’ समाजका सहसंयोजक विजया राजभण्डारीले भनिन्– ‘हरेक बर्ष फरक विद्यालयमा सहयोग गर्दै आएका छौं ।’ विद्यालयमा अध्ययन गर्ने २५ जना विद्यार्थीको लागि समाजले जुत्ता सहयोग गरेको हो । ‘न्युन आए भएका समुदायका बालबालिका धेरै हुनुहुँदो रहेछ, त्यसैले यो विद्यालय छानौट गरेका हौं’ राजभण्डारीले भनिन् ।
समाज कल्याण केन्द्रले गुठी संचालन गरेको छ । सोही गुठीको रकमबाट स्कुले नानीहरूलाई खुट्टामा जुत्ता कार्यक्रम प्रत्येक वर्ष गर्ने गरेको उनले बताईन् । विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खुट्टामा जुत्ता कार्यक्रमले नयाँ उत्साह थप्ने यसले सामुदायिक बिद्यालयमा पढ्न आउन प्रेरणा मिल्ने बिद्यालयका शिक्षक उमाकान्त शर्माले बताए ।
काठमाडौंदेखि बागलुङसम्म आएर जुत्ता र पोशाक वितरण गरेर राम्रो काम गरेको विद्यालयका अभिभावक प्रतिमा शर्माले बताइन् । ओडारचौरमा २०५१ सालमा स्थापना भएको देउराली प्राथमिक विद्यालयमा कक्षा ३ सम्म अध्यापन हुने गरेको छ ।
सरकार र समुदायको लगानी भएको सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गइरहेको निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको बेला सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बृद्वि गर्न सबै सरोकारवाला निकायको भुमिका प्रभावकारी हुनुपर्ने धारणा कार्यक्रमका बक्ताहरूले राखेका थिए ।
बागलुङ समाज कल्याण केन्द्र महिला काठमाडौका सह–संयोजक विजया राजभण्डारीले बोलेका थिए । विद्यालयका कार्यवाहक अध्यक्ष बुद्धि बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम बिद्यामन्दिर मावियका पुर्व प्रधानायापक जगन्नाथ आचार्य, बिजुला पाध्यायलगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत लक्ष्मी आचार्य र शिक्षक उमाकान्त शमाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->