बागलुङ, २४ मंसिर– गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ऐतिहासिक गलकोट कोतघरको संरक्षण र विकासमा प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता गरेका छन् । गलकोट नगरपालिका–३ स्थित ऐतिहासिक गलकोट कोतघरको अवलोकनपछि उनले पर्यटनको विकासका लागि सरकारले पूर्वाधार बनाउने, निजी क्षेत्रले लगानी गर्ने र नागरिक समाजले सकारात्मक प्रचार धारण राखेका थिए । मन्त्री लम्सालले आजै गलकोट कोभिड–१९ अस्थायी अस्पताल र नगर अस्पतालको पनि उद्घाटन गरेका छन् । वडा नं ५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालका रुपमा स्तरोन्नति गरिएको हो ।





