सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सकियो

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सकियो


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०७७, बिहिबार
?

बागलुङ, २५ मंसिर– हिंसा नसहने, नगर्ने प्रतिबद्धतासहितको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान बिहिबार सम्पन्न भएको छ । १६ दिने अभियानको क्रममा दर्जनबढी सचेतनामूलक, अन्तरक्रिया र जागरणका कार्यक्रम सम्पन्न भएका छन् ।
बिहिबारको समापन कार्यक्रम बागलुङ बसपार्क आसपासका मजदुर तथा यातायात क्षेत्रमा हुने दुव्र्यहार र हिंसाविरुद्ध लक्षित थियो । अभियानको क्रममा अन्तरपार्टी महिला संजाल, स्थानीय पालिकाहरु र सामाजिक संघसंस्थाले सामुहिक रुपमा अभियानका गतिविधि संचालन गरेका थिए ।
अभियानको क्रममा बागलुङका अधिकांस पालिकामा लैंगिक हिंसाका घटना दर्ता घटेको बताइयो । तर प्रहरी र अदालतमा आउने मुद्दा भने बढेको भेटिएको छ । स्थानीय रुपमा सामाजिक विभेद, डर र लाजले नआएका केश प्रहरीमा पुग्ने गरेको बताइएको छ । सामाजिक संजाल, संचारमाध्यम र जागरणका कारण हिंसाका घटना बाहिर आउने क्रम भने बढेको अधिकारकर्मीले बताए ।
जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा गुठीलगायतका संस्थाले बिहिबार लैंिगक हिंसाविरुद्धको अभियानको समापन गरेका थिए । साथै बिहिबारदेखिनै लागू हुनेगरी यौन दुव्र्यवहारविरुद्धको अभिायन थालिएको प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । ‘कार्यक्षेत्रदेखि सार्वजनिक यातायातमा पनि हुने विभेदको अन्त्यका लागि प्रहरी निरन्तर लागेको छ’ उनले भने, ‘केही घटना भएमा तत्काल प्रहरी उद्दारमा पुग्ने विश्वास दिलाउँछु ।’ उनले समयमा सूचना दिने काममा कन्ज्युस्याइ नगर्न पनि सुझाए ।
सार्वजनिक क्षेत्र र यातायातमा हुने दुव्र्यवहारविरुद्ध सबैको चासो र ऐक्यवद्धता आवस्यक भएको समेत उनको धारणा थियो । सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले हिंसाविरुद्ध सशक्त आवाज उठाउनुपर्ने बताए । लैंगिक हिंसा दोहोरो भएपनि बढी पीडित महिला हुने भएकोले महिलाको सम्मान गर्न सिक्नुपर्ने धारणा राखे । उनले मानव सभ्यताको उदाहरणका लागि पनि सम्मान व्यवहार आवस्यक भएको बताए । हिंसा अन्त्यका लागि पद, प्रतिष्ठा र आर्थिक अधिकार महिलालाई चाहिएको उनको धाराण थियो ।
श्रेष्ठको अध्यक्षता, सामुदायिक प्रहरी सेवाकी अध्यक्ष लिला खड्काको स्वागत र प्रहरी निरिक्षक विजय भण्डारीको संचालनमा सम्पन्न कार्यक्रममा बानपा ३ की अध्यक्ष लक्ष्मी बाँस्कोटा, मानवसेवा आश्रमकी संचालक सुमिरा लामा, गण्डकी धौलागिरी यातायात व्यवसायी समितिका अध्यक्ष उमेश केसी र अन्तरपार्टी महिला संजालकी अध्यक्ष कुशुम बुढालगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->