शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

मुख्यमन्त्री गुरुङको प्रश्न : क्वारेण्टिनमा ज्वाइँ सापलाई जस्तो सुविधा संभव छ ?

मुख्यमन्त्री गुरुङको प्रश्न : क्वारेण्टिनमा ज्वाइँ सापलाई जस्तो सुविधा संभव छ ?


  • ढोरपाटन संबाददाता
  • मंसिर २६ २०७७, शुक्रबार

पोखरा, २६ मंसिर- गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले मान्छेको जीवनलाई ठूलो मानेर काम गरिरहेको बताएका छन् । उनले प्रदेश सरकारबाट केही कमजोरी भएको स्वीकार पनि गरेका छन् । ‘स्वास्थ्य सुरक्षामा असर नहोस् भनेर नै लकडाउन भयो र खुलाइयो पनि । पहिले त बाँच्नु प¥यो नि’, उनले भने,‘ हो, हामीले स्वास्थ्य सुरक्षाको लागि त्यसो गरेका थियौं । हामीले प्रदेशमा १७१ जनाको ज्यान बचाउन सकेनौं, हाम्रो सामथ्र्यले भ्याएसम्म काम पनि भएको छ, सुधार गर्नु पर्ने पनि देखिन्छ, त्यो हामीले बुझेका छौं ।’
उनी बिहीबार गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश, प्रदेश मानव अधिकार महाभेला, पोखरा र शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीको आयोजनामा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै थिए ।
उनले सरकारले गरेका कामहरुबारे प्रचार नगरिएको र विकसित देशजस्तै परिणाम खोजिएकोमा असन्तुष्टि पनि जनाए ।
‘चैतको १२ गतेबाटै कोरोना विरुद्धको लडाईमा होमियौंं । सरकारले गम्भी भएर काम गर्दै आएको छ तर बाहिर हल्लाका सूचनाहरु आउँछन् उनले भने,‘ यहाँको परिस्थितिलाई नहेरि विकसित मुलकलाई हेरेर यहाँ त्यस्तै परिणाम खोज्ने गरिन्छ, के त्यो सजिलै भनेको जस्तो संभव छ र ?’ उनले कोरोनाविरुद्धको अभियानमा प्रदेश सरकारले गरेका कामको चर्चा गर्दै भने,‘ हामीले क्वारेण्टिन बनायौं, एक महिनादेखि कृषि केन्द्रको आइसोलेसन खाली छ । फेरि हाम्रो प्रवृत्ति कस्तो छ, क्वारेण्टिनमा ज्वाइँ सापलाई जस्तो सुविधा खोज्ने ? के यो संभव छ ? महामारीमा हामीले तत्कालका लागि गरेको आधारभूत कार्यलाई बुझ्ने प्रयास नै भएन ।’ कोरोना महामारीमा धनाड्य देशहरु यूरोप अमेरिकाले पनि हार खाएको जिकिर गर्दै उनले अस्पताल चहार्दा चहार्दै मानिसले उपचार नपाई मृत्यु भयो भनेर दोष गण्डकी सरकारलाई दोष दिइएकोमा दुःख व्यक्त गरे । ‘सरकारी अस्पताल छ, सरुवा रोग अस्पताल छ, बेड पनि खाली छ । उपचारका लागि नीजिमा धाउँदै जाने अनि हामीलाई दोष दिने ?’,उनको प्रश्न थियो ।

ईन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलद्वारा सहजिकरण गरिएको कार्यक्रममा विशेष अतिथि आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, नागरिक समाजका ईन्द्रकमल मानन्धर, सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरे, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की संयोजक विष्णु बराल, गैसस महासंघ गण्डकीका संयोजक विना सिलवाल लगायतले मानवअधिकार, महिला हिंसाका बारेमा बिचार व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->