सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

मानवसेवा आश्रममा ‘एमआरआर’ बागलुङको खाजा सहयोग

मानवसेवा आश्रममा ‘एमआरआर’ बागलुङको खाजा सहयोग


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७७, शुक्रबार

बागलुङ, २६ मंसिर– सामाजिक सञ्जाल फेसबुकमार्फत संगठित भएका युवाहरुको समुह ‘एमआरआर’ले ९ औं स्थापना दिवसको अवसरमा मानवसेवा आश्रमलाई सहयोग गरेको छ । समुहमा आबद्ध बागलुङका युवाहरुले मानवसेवा आश्रमलाई एक दिनको दिवा खाजा सहयोग गरेका हुन् ।
स्थापना दिवसको अवसरमा शुक्रबार आश्रम पुगेका युवाहरुले त्यहाँ रहेका ४० जनालाई दिवा खाजा खुवाएका हुन् । सामाजिक काममा युवाहरुको भूमिका महत्जपूर्ण हुने भन्दै युवाहरुले सांकेतिक रुपमा आश्रमबाट मानव सेवाको भाव देखाउन सुरु गरेको बताए ।
समुह बनाएर फेसबुकमा क्रियाशिल युवाहरुले बाढी, पहिरो, महामारी तथा अन्य दैविक तथा प्राकृतिक विपत्मा परेकालाई समेत सहयोग गर्दै आएको समुहका सदस्य केदार गौतमले बताए ।
आश्रममा रहेका नागरिकहरुलाई खाजा उपलव्ध गराएको आश्रमकी सञ्चालिका सुमिरा लामाले धन्यवाद ज्ञापन गरिन् । नौ वर्षअघि फेसबुकमा सुरु भएको ‘एमआरआर’ समुह बागलुङका युवा भने हालसालै आवद्ध हुन सुरु गरेका हुन् । बागलुङमा ‘एमआरआर’को क्रियाशिलता बढाउने र सामाजिक काममा युवाहरुको आकर्षण बढाउने उद्देश्यले सहयोग गरिएको गौतमले बताए । ‘एमआरआर’ को पुर्ण रुप मेन्स रुम रिलोडेड हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->