सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

व्यवसायीक कागती खेतीमा अनुसन्धान केन्द्रको टोली

व्यवसायीक कागती खेतीमा अनुसन्धान केन्द्रको टोली


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०७७, शनिबार

बागलुङ, २७ मंसिर– यहाँका किसानले थालेको व्यवसायीक कागती खेतीमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले चासो देखाएको छ । बागलुङ नगरपालिका–१४ अर्माहाका किसानले झण्डै तीन सय रोपनी जमिनमा लगाएको कागती खेतीमा केन्द्रले चासो व्यक्त गरेको हो ।
हुर्किँदै गरेका बिरुवा, माटोको प्रकृति, रोग तथा सिंचाईंका लगायतका विषयमा जानकारी लिन अनुसन्धान केन्द्रको टोली कागती खेती स्थल पुगेको हो । अनुसन्धान केन्द्रका प्रमुख कालिका प्रसाद उपाध्याय, किटविज्ञ काशीनाथ सिलवाल र बालीविज्ञ सुनिता ज्ञवालीको टोलीले कागती खेतीको अनुगमन गरेको हो ।
उनीहरुले खेतीस्थलको अवलोकनपछि किसानहरुसँग सुझावसहित अन्तरक्रिया गरेको कृषक समुहका अध्यक्ष केशव सुवेदीले जानकारी दिए । समुहले धान फल्ने खेतमा व्यवसायीक कागती खेती सुरु गरेको छ । पहिलो चरणमा लगाईएका कागतीका बिरुवा राम्रोसँग हुर्किन थालेपछि सरोकारवालाको ध्यान तानिएको सुवेदीले बताए । ‘हामीले समूहमा काम गरिरहेका छौं, पहिलेभन्दा अहिले सरोकारवालाले अनुगमन निरीक्षण र सल्लाह दिईरहनुभएको छ’ सुवेदीले भने ‘उपयुक्त सल्लाह पाउँदा किसानलाई फाईदै हुन्छ ।’
जनप्रतिनिधि, बालीविज्ञ र सरोकारवाला किसान अगुवासमेत कागती खेती अध्ययनका लागि आईरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->