बागलुङ, २८ मंसिर– बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पौडेललाई संक्रमण पुष्टि भएको हो । शरिर दुख्ने, खान मन नलाग्नेलगायतका समस्या देखिएपछि पौडेलको थ्रोट स्वाव परीक्षण गरीएको थियो । शनिवारनै संक्रमण भएको जानकारी पाएपछि पौडेल होम आईसोलेसनमा बसेका छन् । नगरपालिकाको स्वास्थय शाखाका अनुसार उनको आधिकारी रिपोट भने आईसकेको छैन् । ‘अलग्गै बस्नु भएको छ, समस्या केही छैन्’ स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले भने ‘सामान्य लक्षण देखिएकाले जाँच गरिएको हो ।’





