शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

कालिका क्याम्पसको अध्यक्षमा प्रेमकुमारी

कालिका क्याम्पसको अध्यक्षमा प्रेमकुमारी


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०७७, आइतबार

पोखारा, २८ मंसीर– कालिका बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा प्रेमकुमारी केसी सर्वसम्मत रुपमा चयन भएका छिन् । समितिका जेष्ठ सदस्य जे.बी. कुवँरको अध्यक्षतामा शनिवार वसेको क्याम्पस सञ्चालक समितिको बैठकले केसीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
क्याम्पसको संरक्षक एवं सिनेटर रहेकी केसी लामो समयदेखि सो क्याम्पसको सञ्चालक समितिको महिला सदस्यमा रहीकार्यगर्दै आएकी थिइन । केसी क्याम्पसका संस्थापक अध्यक्ष उद्योग पति स्व. सुर्यबहादुर केसीकी धर्मपत्नी हुन् ।
त्यसैगरी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक समिति सदस्यमा यूवा उद्यमी किरण केसीलाई मनोनयन गरेको छ । क्याम्पसको संरक्षक सिनेटर समेत रहेका यूवा ब्यवसायी केसी पूर्वअध्यक्ष स्व.केसीका सुपुत्र हुन् ।
बैठकले संस्थापक अध्यक्ष स्व.केसीको निधनमा एक बर्षसम्म क्याम्पसमा कुनै पनि उत्सव र समारोह नगर्ने निर्णय गरेको समितिका सदस्य भिमसेन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->