बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आजदेखि खुले घोरेपानीका होटल

आजदेखि खुले घोरेपानीका होटल


  • ढोरपाटन संवाददाता
  • पुष १ २०७७, बुधबार

बेनी, १ पुस– म्याग्दी जिल्लाको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६,घोरेपानीका होटल आजदेखि खुलेका छन् । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि ९ महिनादेखि बन्द भएका होटल तथा रेष्टुरेन्टहरु आवश्यक सुरक्षा मापदण्ड अपनाई संचालनमा आएका हुन् । घरायसी रुपमा चलाइएका बाहेक अन्य होटलका मजदुर समेत होटलमा फर्किन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि आजदेखि खुल्ला गर्ने निर्णय भएको पर्यटन ब्यवसायी टेकसर बुदुजा पुनले बताए ।
चिसो मौसममा पर्यटकको आगमन न्यून हुने भएपनि हिमपातमा रमाउन आन्तरिक पर्यटकहरुको चाप बढ्ने पर्यटन ब्यवसायीको अनुमान छ । लामो दूरीका सवारीसाधन, आन्तरिक तथा बाह्य हवाइ उडानमा यात्रुको चहलपहल हुन थालेपछि पर्यटन ब्यवसायपनि चलायमान हुन थालेको छ । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलबाट मनोरम हिमश्रृखला, सुर्योदयको अवलोकनका साथै मगर जातीको संस्कृती र रहनसहन, विविध प्रजातीका पशुपंक्षी, वनस्पती यहाँको प्रमुख आर्कषण मानिन्छन् ।
जिल्लामा भित्रिने पर्यटकको कुल संख्यामध्ये घोरेपानीमा ६० देखी ७५ प्रतिशत पर्यटक अन्नपुर्ण पदमार्ग अन्र्तरगत घोरपानी, पुनहिलमा पुग्ने गरेका छन् । कास्कीको पोखरा–नयाँपुल,घान्दु्रक, म्याग्दी सदरमुकाम वेनी–तातोपानी, घारा, शिख हुदै र नागी–महरेडाँडा, पोखरेबगर–पाँउद्धार शिखलगायत नयाँ पदमार्गबाट समेत घोरेपानीमा पुग्छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->