मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

कालीगण्डकी किनारमा अन्दाजी ५० बर्षिया महिलाको शव फेला

कालीगण्डकी किनारमा अन्दाजी ५० बर्षिया महिलाको शव फेला


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७७, शुक्रबार

बागलुङ, ३ पुस– शुक्रबार बिहान कालीगण्डकी नदिको किनारमा एक महिलाको बेबारीसे शव फेला परेको छ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० बर्षिया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीयले नदी छेउमा ढुंगामा अड्कीएको अवस्थामा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी चौकी कुश्मीशेराबाट घटनास्थल पुगेको टोलिले शव उठाएको छ । शवको पहिचान र पोष्टमार्टमको काम भैरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।
प्रहरीले शवको पहिचानकालागि हुलीया सहितको तस्विर माताहतका इकाइहरुमा पठाएको छ । कहिँ कतैबाट हराएको वा खवर नआएकाले तत्काल शवको पहिचान गर्न कठिन भएको रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->